१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

सडकमा ड्रेन कभर नराख्दा यात्री नालीमा खस्ने डर



खोटाङ । खोटाङको दिक्तेल बजारको सडक ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन् । दिक्तेलको जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय अगाडिदेखि पुरानो बेसक्याम्पबीचमा ढलान गरेको निर्माण कम्पनी सूर्य विकास जेभी लहानले ड्रेन कभर नहाली छाड्दा आवतजावतका क्रममा नालीमा खस्ने त्रास बढेको हो ।

विशेषगरी सडक किनारामा घर भएका बालबच्चा तथा विद्यालयबाट ओहोरदोहोर गर्ने विद्यार्थी नालीमा खस्ने त्रास बढेको स्थानीय व्यवसायी एवं जनता समाजवादीका नेता नैन कट्‌वालले बताए । नालीको प्वाल ढाक्ने ढकनी नहुँदा बजारमा ओहोरदोहोर गर्ने कतिपय गाडी र माेटरसाइकल नालीमा फसिकेका छन् । ड्रेन होलमा फसेका गाडीलाई धकेलेर निकाल्ने गरिएको छ ।

जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालयको गेट अगाडिदेखि नेपाल टेलीकमको कार्यालयसम्मको बजार सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले डिभिजन कार्यालय अगाडिदेखि बेस क्याम्पसम्मको खण्डमा २२ असोज राति ढलान सकेको थियो । रातारात ढलान गरेको निर्माण कम्पनीले सडकको विभिन्न ठाउँमा बनाइएका ड्रेनको प्वाल भने ढनकी नराखी छाडेको हो । नाली जाम भएका बेला सरसफाइका लागि बनाइएको प्वाल नछोपिँदा सडकमै धराप बनेको स्थानीयको गुनासो छ ।

सडक ढलानमै लापरबाही

दिक्तेल बजारको जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय अगाडिकै सडक ढलानका क्रममा निर्माण कम्पनीले स्टिमेटविपरीत रड राखेर ढलान गरेको पाइएको थियो । बजारको सडक ढलानका लागि सडकको चौडाईमा (सडकको दुई किनारा जोड्ने) १२ एमएमको रड १०/१० सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने स्टिमेट छ ।

लम्बाई तेर्सो १० एमएमको रड १५/१५ सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने स्टिमेटमा उल्लेख छ । तर, निर्माण कम्पनीले मनपर्दो तरिकाले रड बाँधेर त्यसैमाथि ढलान गरिरहेको पाइएको थियो । १०/१० सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने रडलाई १८/२० सेन्टिमिटर र १५ सेन्टिमिटरको दूरीमा कस्नुपर्ने रडलाई २५/३० सेन्टिमिटरको दुरीमा कसेर ढलान गरिएको स्थानीय एवं तरुण दलका जिल्ला उपाध्यक्ष सञ्जयकुमार राईले बताए ।

अर्कातर्फ बजार सडक ढलानका क्रममा गिटीमाथि रडको जाली उचालेर ढलान गर्नुपर्नेमा रडको जाली नउचाली ढलान गरिएको छ । यस्तै, ढलानका क्रममा ठूलो आकारको गिटी प्रयोग गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ४ : १९ बजे

पूर्वराजा काठमाडौं आउँदा गोल्डेनगेट क्षेत्रमा दुर्गाप्रसाईं नेतृत्वमा प्रदर्शन, हवाई यात्रुलाई सास्ती

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आइपुगेका छन्।

आइतबारसम्म मतपत्र छपाइ सकिने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन