३ पुस २०८२, बिहिबार | December 19, 2025

स्पेन र क्रोयशिया फिफा विश्वकपमा छनोट



काठमाडौं । स्पेन र क्रोयशिया सन् २०२२ मा कतारमा हुने फिफा विश्वपकमा स्थान पक्का गरेका छन् ।

आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा विजयी हुँदै सन् २०१० को विश्वविजेता स्पेन र क्रोयशिया कतार विश्वकपको लागि छनोट भएका हुन् ।

स्पेनले समूह ‘बी’ को खेलमा स्विडेनलाई १-० गोलले हरायो । स्पेनको जितमा अल्भारो मोराटाले खेलको ८६ मिनेटमा निर्णायक गोल गरे । स्पेन विश्वकपमा लगातार १२औँ पटक छनोट भएको हो ।

जितसँगै समूह ‘बी’ मा स्पेनले ८ खेलमा १९ अंक जोडेर शीर्ष स्थानमा छ । स्विडेन १५ अंक जोडेर दोस्रो स्थानमा छ । समूह ‘एच’ बाट शीर्षस्थानमा रहँदै क्रोयशिया विश्वकपमा स्थान बनाउन सफल भयो ।

आइतबार राति भएको खेलमा क्रोयशियाले रुसलाई १-० गोलले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१ औँ मिनेटमा आत्मघाती गोल गर्दा त्यसको फाइदा क्रोयशियालाई भएको हो ।

जितसँगै क्रोएसिया १० खेलमा २३ अंक बनाएर शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनायो । दोस्रो स्थानको रुसको १० खेलमा २२ अंक जोड्यो ।

रुसको प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : ०२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको