२२ बैशाख २०८१, शनिबार | May 5, 2024

एकादशीमा संगीतमय बनेको बुटवलको साँझ (फोटो फिचर)



बुटवल । तिहार सकियो धेरै स्थानहरुको देउसी र भैलो पनि सकियो । लक्ष्मी पुजाबाट सुरु भएको देउसी र भैलो भाईटिकाको दिनबाट धेरै स्थानमा सकिएपनि बुटवलमा भने एकादशीका दिन पछि मात्र सकिने गर्दछ । अघिल्लो वर्ष कोरोना कहरका कारण देउसी भैलोको बहानामा मन फुकाएर नाच्न र गाउन नपाएका बुटवलका स्थानीयबासी यस वर्ष भने निर्धक्क भएर एकादशी सम्म नाचगान गरेर यस वर्षको तिहारलाई बिदाई गरेका छन् ।

सोमबारको साँझ बुटवलका धेरै स्थानहरुमा देउसी गाइएको छ भने धेरै स्थानहरुमा घलेक र गुन्यू चोलोमा चेलीहरु नाचिरहेका छन् । बुटवलको विशेष गरि दिपनगर र सुख्खानगर क्षेत्रमा सोमबारको साँझ संगितमय बनेको छ । आगनीमा कार्पेट बिच्छाएर खादी भिरेका युवा र गुन्यूचोलीमा सजिएका युवतीहरु नेपाली गीत संगीतमा झुमिरहेको दृष्यले बुटवलको साँस्कृतिक पहिचानलाई उजागर गरेको छ ।

बुटवलमा देखिएको गीत संगीतको भिडमा अधिकांस आदीबासी जनजातीहरुकै बाहुल्यता देखिएपनि प्युठानबाट बुटवल झरेका खस र आर्यहरुले पनि डल्ले सराय नाच देखाएर बुटवलको देबी नगरलाई प्युठानमय बनाएका छन् । प्युठान रुपन्देही सम्पर्क मञ्चको संयोजनमा देबीनगरमा प्रस्तुत गरिएको डल्ले सराय नाचमा युवा देखि ४० कटेका अधबैंसेहरुपनि कम्मर मर्काएर नाचेको दृष्यले बुटवलमा बसोबास गर्ने बहु साँस्कृतिक सम्पत्तीको उदहरण देखिएको छ ।

नेपाली गीत संगीतमा आकर्षक नाच देखाईएपनि थोरै स्थानहरुमा मात्र मादलुको तालमा देउसी भट्याएको देख्न सकिन्छ । साना सना नानीहरुले देउसीरे भट्याएर परम्परा जोगाएपनि हुर्केका युवा युवतीहरुले भने डिजेकै तालमा ठुलाठुला साउण्ड सिस्टममा गीत बजाएर नाचेको दृष्यले परम्परागत देउसी भैलोलाई ओझेल पारिदिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : ५५ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै