२८ भदौ २०८३, आइतबार | September 13, 2026

गोपालसिद्ध किरानाका सञ्चालक कृष्ण पोखरेल अबैध सामान सहित पक्राउ



बुटवल । बुटवल क्षेत्रमा किराना व्यवसायमा सफल व्यवसायीको पहिचान बनाएको नेपालगन्ज रोडमा सञ्चालनमा रहेको गोपाल सिद्ध किराना स्टोर्सले गैरकानुनी काम गर्दै आएको खुलासा भएको छ । ग्रोसरी तथा किरानाको थोक ब्यापार गर्दै आएका गोपाल सिद्ध किराना स्टोर्सका संचालक कृष्ण प्रसाद पोखरेल अवैध कारोबार गरेको अभियोगमा पक्राउ परेसँगै गोपाल सिद्धको अबैध कारोबारको खुलासा भएको हो ।

पोखरेलको पसलबाट नेपाल सरकारले प्रतिबन्ध लगाएको ३ लाख मुल्य बराबरको भारतीय रेडबुल प्रहरीले बरामद गरेको छ । गोपाल सिद्धको गोदाममा लुकाई छिपाई राखिएको ११७ कार्टुन प्रतिबन्धित रेडबुल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवल समेतको संयुक्त टोलीले पोखरेलको पसलमा छापा मार्दा सो परिमाणको प्रतिबन्धित रेडबुल फेला परेको रुपन्देही प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरिक्षक भास्कर चन्दले बताए ।

अबैध भारतीय रेडबुल सहित संचालक पोखरेललाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया चलान गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ०९ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब