२६ बैशाख २०८१, बुधबार | May 8, 2024

तालिवानले फेरि किन गर्‍यो अमेरिकी सेनाको हतियार प्रदर्शन ?



एजेन्सी । तालिवानले अफगानिस्तानको राजधानी काबुलमा हतियार प्रदर्शन गरेको छ । तालिबानले अमेरिकी सेनाबाट नियन्त्रणमा लिइएका तथा स्वदेश फर्किनुअघि अमेरिकाले नै छोडेका हतियार प्रदर्शन गरेको हो ।

२५० जना तालिवान सेनालाई तालिम प्रदान गरेपछि हतियार प्रदर्शन गरिएको रक्षा मन्त्रालयका प्रवत्ता इन्यातुल्लाह खवाराजमीले जानाकारी दिए ।

सैन्य अभ्यासमा अमेरिकामा निर्मित एम ११७ बख्तरबन्द गाडीलाई काबुलका सडकमा गुडाइएको थियो । सो अवसरमा अधिकांश तालिवान लडाकुले अमेरिकामा निर्मित एम ४ राइफल बोकेका थिए ।

तालिबान फौजले अहिले प्रयोग गरेका अधिकांश हतियार अफगानिस्तानमा यसअघिको सरकारलाई अमेरिकाले सहयोग स्वरुप प्रदान गरेको थियो । अफगान फौजलाई तालिबानबिरुद्ध लड्न अमेरिकाले पूर्वराष्ट्रपति असरफ गनी नेतृत्वको सरकारलाई अत्याधुनिक हतियार उपलब्ध गराएको थियो ।

त्यस्तै, तालिमका अवसरमा तालिबानले रसियाली हेलिकोप्टरहरु पनि प्रदर्शन गरेका थिए । तालिबानले १५ अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेको थियो ।

तालिवान सत्तामा आएपछि महिला र बालिकाहरुको अधिकार खोसिएको छ । महिलालाई अझै पनि विद्यालय जान अनुमति दिइएको छैन् । त्यस्तै, तालिवानले सत्ता कब्जा गर्दा घरमै बसेका सरकारी कर्मचारीमध्ये महिला कर्मचारी अझै नियमित काममा फर्किन पाएका छैनन् । तालिबान सरकारमा महिलाको सभागीता शून्य छ । तालिबानले महिला मन्त्रालय खारेज गरिदिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : ३३ बजे

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार

संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने

भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घ । हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका

मातातीर्थ औँसीमा नबिल बैंकले बनायो सन्देशमूलक भिडियो

काठमाडौं । मातातीर्थ औँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो

कांग्रेस संसदीय दलको बैठक विहिबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक विहिबार बस्ने भएको