५ पुस २०८२, शनिबार | December 20, 2025

आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र



बझाङ । बझाङमा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् ।

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो ।

यहाँ अन्य नगदेबालीको उब्जनी कम हुने भएकाले जतिसक्दो आलु खेती लगाई जिल्लालाई आलु जोनका रुपमा विकास गर्ने योजना बनाइएको र यसमा आलु जोनको पनि सहकार्य रहेको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । उनले भने, “सरकारले गहुँ खेतीभन्दा आलु लागाउन आदेश दिएको छ, गहुँभन्दा आलु बढी उब्जनी हुुन्छ, नाफा पनि सोहीअनुसार हुन्छ, आलुबाट कृषकले मनग्य आम्दानी गर्न सक्छन्, त्यसैले अब बझाङलाई आलु जोनका रुपमा विकास गर्न हामी सबैले हातेमालो गर्न आवश्यक छ ।”

प्रमुख विष्टका अनुसार कृषि ज्ञान केन्द्रले बीउ वितरणदेखि बजारीकरण, प्याकेजिङ, निःशुल्क ढुवानी गर्नेसम्म सबै काम गर्ने बताए । यसअघि पनि यस्ता विभिन्न कार्यक्रम आए पनि खासै काम हुन नसकेको र आगामी दिनमा माटो सुहाउँदो बीउको प्रयोग गरी जमिनको दायरा पनि बढाउँदै लगिने बताइएको छ ।

आलु खेतीबाट आफूहरु सन्तुष्ट भएको कृषकको भनाइ छ । जयपथ्वी नगरपालिका-११ साइला बगरका सुर्जन खड्काले यसअघि परिवारका लागि मात्रै खानका लागि आलु लगाउने भए पनि अहिले भने खेती नै सुरु गरेको बताए । साथै उनले गहुँभन्दा पनि आलु खेतीले मनग्य आम्दानी हुने आशामा आलु खेती लगाएको जानकारी दिए ।

परियोजनाले सुनिगाडबाट पानी तान्ने पम्पसेट दिएपछि आलु खेती सिँचाइ गर्न निकै सहज भएको उनीहरुको भनाइ छ । अहिले कृषकले आलु खेतीसम्बन्धी प्रशिक्षण पनि लिँदै आएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ९ : २६ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा