२१ चैत्र २०८२, शनिबार | April 4, 2026

आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र



बझाङ । बझाङमा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् ।

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो ।

यहाँ अन्य नगदेबालीको उब्जनी कम हुने भएकाले जतिसक्दो आलु खेती लगाई जिल्लालाई आलु जोनका रुपमा विकास गर्ने योजना बनाइएको र यसमा आलु जोनको पनि सहकार्य रहेको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । उनले भने, “सरकारले गहुँ खेतीभन्दा आलु लागाउन आदेश दिएको छ, गहुँभन्दा आलु बढी उब्जनी हुुन्छ, नाफा पनि सोहीअनुसार हुन्छ, आलुबाट कृषकले मनग्य आम्दानी गर्न सक्छन्, त्यसैले अब बझाङलाई आलु जोनका रुपमा विकास गर्न हामी सबैले हातेमालो गर्न आवश्यक छ ।”

प्रमुख विष्टका अनुसार कृषि ज्ञान केन्द्रले बीउ वितरणदेखि बजारीकरण, प्याकेजिङ, निःशुल्क ढुवानी गर्नेसम्म सबै काम गर्ने बताए । यसअघि पनि यस्ता विभिन्न कार्यक्रम आए पनि खासै काम हुन नसकेको र आगामी दिनमा माटो सुहाउँदो बीउको प्रयोग गरी जमिनको दायरा पनि बढाउँदै लगिने बताइएको छ ।

आलु खेतीबाट आफूहरु सन्तुष्ट भएको कृषकको भनाइ छ । जयपथ्वी नगरपालिका-११ साइला बगरका सुर्जन खड्काले यसअघि परिवारका लागि मात्रै खानका लागि आलु लगाउने भए पनि अहिले भने खेती नै सुरु गरेको बताए । साथै उनले गहुँभन्दा पनि आलु खेतीले मनग्य आम्दानी हुने आशामा आलु खेती लगाएको जानकारी दिए ।

परियोजनाले सुनिगाडबाट पानी तान्ने पम्पसेट दिएपछि आलु खेती सिँचाइ गर्न निकै सहज भएको उनीहरुको भनाइ छ । अहिले कृषकले आलु खेतीसम्बन्धी प्रशिक्षण पनि लिँदै आएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ९ : २६ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा