२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आजबाट ए डिभिजन लिग, पहिलो खेलमा फ्रेण्ड्स र सातदोबाटो भिड्दै



काठमाडौं । शीर्ष डिभिजन लिग आजबाट सुरु हँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिगको उद्घाटन खेलमा ललितपुरका दुई टोली नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

आज साँझ पौने ५ बजे सुरु हुने लिगको उद्घाटन खेलमा दुवै क्लब जितका साथ तीन अंक एकतर्फी पार्ने योजनामा हुनेछन् ।

सातदोबाटो युथ क्लब यसै सिजन भएको ‘बी’ डिभिजन लिगबाट दुई खेल अघि नै ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो । फ्रेण्ड्सले भने झण्डै चार दशकदेखि लगातार ए डिभिजन लिग खेल्दै आएको छ ।

खेलअघिको पत्रकार सम्मेलनमा दुबै टोलीले एक अर्कालाई कमजोर नआक्ने र तिन अंकको लागि खेल्ने बताए ।

फ्रेण्ड्स क्लबका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले शीर्ष डिभिजनको लिगमा सबै विपक्षी बलियो हुने बताउँदै सातदोबाटो नयाँ भए पनि जोस र जाँगरका साथ खेल्ने योजना सुनाए । उनले सातदोबाटोविरुद्धको खेल सहज नहुने स्वीकारे ।

‘हामीले ४० दिन प्रशिक्षण गरेका थियौ । ए डिभिजन लिगमा बाच्ने लक्ष्य हुनेछ । हामी छैटौं, सातौं स्थानसम्म आउने प्रयास गर्नेछौ । खेलमा जुन विपक्षी पनि बलियो हुन्छन् । सातदोबाटो नयाँ क्लब हो, नयाँमा अझ जोस र जाँगर हुन्छ । आजको खेल गाह्रो नै होला ।’ नेपाललाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जिताउँदा गोलरक्षक प्रशिक्षक मिश्रले भने ।

फ्रेण्ड्सका कप्तान सुरज बिकले पनि प्रशिक्षकको भनाईमा सहमति जनाउँदै सातदोबाटोलाई कम नमानेको र ३ अंकको लागि खेल्ने बताए ।

‘हाम्रो टोली औसत छ । सातदोबाटोलाई हामीले कम मानेका छैनौं । ३ अंक हासिल गर्ने योजना छ ।’ पहिलो पटक फ्रेण्डस्को जर्सीमा देखिन लागेका बिकले भने ।

पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो भने विगतका दिनमा ए डिभिजन लिग खेलेका र विदेशी खेलाडीको साथमा लिगमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ ।

शीर्ष डिभिजनको पहिलो खेलमा सातदोबाटोको नजर तिन अंकमा हुनेछ । ‘ए डिभिजन लिग खेल्न पाउँनु नै ठूलो कुरा हो । त्यसमा पनि उद्घाटन खेल पाउनु र खेलाडीले पनि पहिलो खेलमा अनुभव लिन पाउनु ठूलो कुरा हो ।’ नेपाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका केसीले भने ।

कुन-कुन कुरामा सुधार गर्नुपर्छ सबैसँग खेलेपछि थाहा हुन्छ । दुई-तीन खेल खेलेपछि नजर परिवर्तन गर्छौं ।’

क्लबका कप्तान मानबहादुर तामाङले नयाँ क्लबलाई चुनौतीको रुपमा लिएको र लिगमा सातदोबाटो नयाँ भएकाले अनुभव बाड्न आएको प्रतिक्रिया दिएका छन् ।

करिब ४ महिना हुने लिगमा १४ क्लबको सहभागिता छ । राउण्ड रोबिन पद्दतिमा हुने लिगमा ९१ खेल हुनेछन् । लिगको शीर्षस्थानको टोली एएफसीको प्रतियोगिताका लागि छनोट हुनेछ भने पुछारका दुई टोली ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : २० बजे

टेक्सासमा बाढीपीडित नेपालीको सहयोगार्थ सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुँदै

टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ अमेरिकाको

आज गणेशमान सिंहको २९ औँ स्मृति दिवस

काठमाडौं । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

भोटेकोशी बाढी : बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको