१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

पिँडालु उसिनेर सकिमना पुन्ही मनाउँदै भक्तपुरवासी



भक्तपुर । नेवार समुदायले आज पिँडालु उसिनेर सकिमन्ना पुन्ही मनाउँदैछन् । प्रत्येक वर्षको कार्तिक पूर्णिमाको दिन दिन यस पर्व मनाउने गर्दछन् ।

सकिमनालाई शाब्दिक अर्थमा सकि भनेको पिँडालु र मना भन्नाले उसिने वा उसिनु हो । जसअर्थ पिँडालु उसिनेर मनाइने पर्वलाई सकिमना पुन्ही भनिन्छ । आजको दिन नेवार समुदायले आफ्नो बारीमा रोपेका पिँडालु उखालेर त्यसलाई उसिनेर खाने गर्दछन् ।

जाडो महिनामा तरकारीहरुको अभाव हुने भएको हुनाले कन्दमुल (जमिनमुनि पाइने फल) पनि खान मिल्छ भने सन्देश दिन यो पर्व मनाइने स्थानीय बताउँछन् । संस्कृतविद् ओम धौभडेलका अनुसार पिँडालु खानु पर्नुको कारण एकपटक रावणले सृष्टिकर्ता ब्रह्मदेखि डाहा लागी सम्पूर्ण दानवलाई मानव गर्न कठोर तपस्या गरेछ । तपस्या सफल भएपछि यहाँ खाने वस्तुको अभाव भयो । त्यसपछि रावणले जमिनमाथि मकै र जमिनमुनि पिँडालु उत्पन्न गरे । पछि सम्पूर्ण देवता र मानव मिली रावणको प्रयास असफल बनाउन कर्कलो सखाप पार्नतिर लागे । त्यसै क्रममा दशहराको दिन कर्कलोको तरकारी खाने, जनैपूर्णिमाको दिन (साराँ) कर्कलोको अचार खाने र यही मंसिर शुक्ल पूर्णिमाको दिन पिँडालु खानुलाई राक्षसको निर्मूल गरेको मानिन्छ ।

नेवार समुदायले आज विभिन्न मन्दिर एवं चैत्य बिहार अगडी मकै, गहुँ, भटमास, ताय, माल्पा, स्वारी, तथा अन्य अन्नको देवता, मन्दिर वा चैत्यको आकृति बनाउने गर्दछन्, जुन संस्कृतिलाई हरिमन्दि तथा नसा ब्वयेगु वा हलिमली पर्व भन्ने चलन छ ।

संस्कृतविद् धौभडेलका अनुसार परापूर्वकालमा नेपालमा अनिकाल परेछ । धानको बीउसमेत पाइएन । खानका लागि यहाँ गहुँ, मकै, भटमास जस्ता अन्न मात्र बाँकी भयो । त्यही अन्न खान हुन्छ भन्ने सन्देश दिने उद्देश्यले कार्तिक शुक्ल पूर्णिमाको दिन यस्तै विभिन्न अन्नबाट देवदेवीको चित्र बनाई पछि त्यही अन्न प्रसादको रूपमा खाने चलन बन्यो ।

पशुपतिनाथ मन्दिरभित्र रहेको ताम्रपत्रमा उल्लेख भएअनुसार नेपाल संवत् ५६० मा राजा यक्ष मल्ल र उनका भाइ जीव मल्लले आफ्ना दिवंगत माता संसारदेवीको नाममा वर्षभरि विभिन्न पूजापर्व उल्लेख गर्ने क्रममा कात्तिक शुक्ल पूर्णिमाको दिन पनि उल्लेख गरिएको छ । तर, त्यहाँ सकिमना पूर्णिमा वा हरिमन्दि नभई जुधान पुन्हि उल्लेख छ । सो जुधान पुन्हिको खास अर्थ के हो स्पष्ट हुन सकेको छैन । सो दिन पिँडालु उसिनेर खाने चलन भएको कारण पछि गएर उक्त दिन सकिमना पुन्हिबाट प्रख्यात भएको हुन सक्ने संस्कृतविद् धौभडेलले बताए ।

नेपाल संवत् ८१८ मा भूपतीन्द्र मल्लले लेखाएको भक्तपुर दरबार क्षेत्रको मालती चोकको अभिलेखबाट पुष्टि हुन्छ । भक्तपुर तलेजुभित्र सकिमना पुन्हि मनाउने क्रममा तलेजु भवानीलाई खीर चढाउने गरिन्छ । साथै तलेजु मूलचोकको स्नेह मण्डपमा नसा ब्वयेगु गरिन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १२ : २५ बजे

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान