२१ चैत्र २०८२, शनिबार | April 4, 2026

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, सात घाइते



सप्तरी । सप्तरीमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका-६ विरपुरमा पूर्वतर्फ आउँदै गरेको स १ त ६२५६ नम्बको ट्याक्टरले विपरीत दिसाबाट जाँदै गरेको बा ९३ प ३५९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

ठक्करदिए पछि ट्याक्टर सडकबाट ५ मिटर तल खसेर पल्टिएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार सिरहाको नरहा गाउँपालिका(३ पाँडा टोलका रामदेव यादवकी ६५ वर्षीया पत्नी काशी यादवको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी यादवको छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता काफ्लेको भनाइ छ ।

दुर्घटनामा ट्याक्टरमा सवार सोही ठाउँका उपेन्द्र यादवकी पत्नी ६५ वर्षीया प्रमिला यादव, भोगेन्द्र यादवको २३ वर्षीया छोरा श्याम यादव, गोलबजार नगरपालिका-३ चौहर्वाका नागेन्द्र यादवको १० वर्षीय पप्पु यादव घाइते भएका छन् ।

यसैगरी वडा नम्वर ४ का वकिलदेव यादवकी ३२ वर्षीया पत्नी संगिया यादव, देवेन्द्र यादवकी ४३ वर्षीय पत्नी सुशीला यादव र प्रदीप यादवकी चार वर्षीया छोरी सिधान्त यादव घाइते प्रवक्ता काफ्लेले बताए ।मोटरसाइकलमा सवार झापाको हल्दिबारी गाउँपालिका-५ कंचनश्रीका ४९ वर्षीय नरेन्द्र पराजुली घाइते भएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १२ : २७ बजे

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा