५ पुस २०८२, शनिबार | December 20, 2025

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, सात घाइते



सप्तरी । सप्तरीमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका-६ विरपुरमा पूर्वतर्फ आउँदै गरेको स १ त ६२५६ नम्बको ट्याक्टरले विपरीत दिसाबाट जाँदै गरेको बा ९३ प ३५९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

ठक्करदिए पछि ट्याक्टर सडकबाट ५ मिटर तल खसेर पल्टिएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार सिरहाको नरहा गाउँपालिका(३ पाँडा टोलका रामदेव यादवकी ६५ वर्षीया पत्नी काशी यादवको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी यादवको छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता काफ्लेको भनाइ छ ।

दुर्घटनामा ट्याक्टरमा सवार सोही ठाउँका उपेन्द्र यादवकी पत्नी ६५ वर्षीया प्रमिला यादव, भोगेन्द्र यादवको २३ वर्षीया छोरा श्याम यादव, गोलबजार नगरपालिका-३ चौहर्वाका नागेन्द्र यादवको १० वर्षीय पप्पु यादव घाइते भएका छन् ।

यसैगरी वडा नम्वर ४ का वकिलदेव यादवकी ३२ वर्षीया पत्नी संगिया यादव, देवेन्द्र यादवकी ४३ वर्षीय पत्नी सुशीला यादव र प्रदीप यादवकी चार वर्षीया छोरी सिधान्त यादव घाइते प्रवक्ता काफ्लेले बताए ।मोटरसाइकलमा सवार झापाको हल्दिबारी गाउँपालिका-५ कंचनश्रीका ४९ वर्षीय नरेन्द्र पराजुली घाइते भएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १२ : २७ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य