२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आज नेपालगन्जमा सातौं नेपालगन्ज म्याराथन



नेपालगन्ज । नेपालगन्जमा आज सातौं धारा नेपालगन्ज म्याराथन हुँदैछ । म्याराथनका लागि नेपालगन्जको विपी चोकमा धावक र सहभागीहरु भेलाहुने क्रम सुरु भएको छ । ८ बजेबाट सुरु हुने म्याराथनका लागि सयौंको संख्यामा धावक तथा सहभागीहरु नेपालगन्जमा भेला भएका छन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजबाट उदघाटन हुने म्याराथनमा सहभागी हुन नेपालका सिने जगतका महानायक राजेश हमाल, किर्तिमानी धावक बैकुण्ठ मानन्धर, आलम्पियन तथा प्रदेश सरकारका बन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल नेपालगन्ज पुगी सकेका छन् ।

म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिनेछ ।

आयोजक संस्थाका संयोजक टिएस ठकुरीका अनुसार हाफ म्याराथन महिला तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार पाउनेछन् । १० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन् ।

त्यसैगरी स्कुललेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन् । ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन् । किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ ।

नेपाल सरकार र तत्कालिन बिद्रोही माओवादीकाबीच शान्ति सम्झौता भएको २०६३ मंसिर ५ गते को स्मरणमा धारा नेपालगन्ज म्याराथन संचालन हुँदै आएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : ५१ बजे

टेक्सासमा बाढीपीडित नेपालीको सहयोगार्थ सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुँदै

टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ अमेरिकाको

आज गणेशमान सिंहको २९ औँ स्मृति दिवस

काठमाडौं । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

भोटेकोशी बाढी : बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको