९ चैत्र २०८२, सोमबार | March 23, 2026

बेलायती प्रधानमन्त्री जोन्सनको स्मरण : कोरोना भाइरसको संक्रमणबाट निकै डराएको थिएँ



कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएर हालै मात्र निको भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफुलाई बचाउन चिकित्सकहरुले ठूलै युद्ध लडेको बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले आफ्नो उपचारसँग जोडिएका एक जानकारी सार्वजनिक गर्दै आफुलाई जीवितै राख्न चिकित्सकहरुले कैयौं अक्सिजन दिएको बताएका छन् । सन पत्रिकालाई दिएको एक अन्तरवार्तामा बोरिस जोनसनले उनलाई जिउँदो राख्नका लागि डाक्टरले उनलाई थुप्रै लिटर अक्सिजन दिएको जानकारी दिए ।

प्रधानमन्त्री जोनसनलाई २६ मार्चमा कोरोना संक्रमित देखिएको थियो। त्यसपछि उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको भोलिपल्टै उनलाई आइसीयूमा भर्ना गर्नुपरेको थियो ।

अस्पतालमा रहँदा कोरोनाको स्थितिबाट कहिले पार पाइएला भनेर मात्रै सोच्ने गरेको जोन्सनले बताएका छन् ।
यसैबीच, प्रधानमन्त्री जोन्सनकी पत्नी केरी साइमन्ड्सले उपचारमा खटिएका दुई डाक्टरको नाममा आफूहरुले छोराको नाम राखेको जानकारी दिएकी छिन्।

आफ्नो ज्यान बचाउने डाक्टरको नाममा जोन्सन दम्पतीले छोराको नाम विल्फ्रेड लरी निकोलस जोनसन राखेका छन् ।

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएको केही दिनपछि नै उनीहरुलाई पुत्रलाभ भएको थियो ।

आफ्नो स्थिती बिग्रिएको अवस्थामा के गर्ने भनेर डाक्टरहरुले त्यसको पनि प्रबन्ध मिलाएको बोरिसले जानकारी दिए ।

जोनसनले भने, ‘केही दिनभित्रै मेरो स्थिती अत्यधिक खराब भएको थियो, मेरा लागि यो कुरा विश्वास गर्न मुश्किल थियो ।’

प्रधानमन्त्री जोन्सन अहिले पूर्ण निको भएर नियमित काममा फर्किसकेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ९ : ३० बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी