१ कार्तिक २०८३, आइतबार | October 18, 2026

सातौं धारा नेपालगन्ज म्याराथन : फुल म्याराथनको उपाधि एपीएफका करणसिंह बोगटीलाई



नेपालगन्ज । नेपालगन्जमा सञ्चालित सातौं धारा नेपालगञ्ज म्याराथनको ४२.१९५ किलोमीटर दुरीको फुल म्याराथन दौडको प्रथम स्थान एपीएफका किरणसिंह बोगटीले हात पारेका छन् । बोगटीले उक्त दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन् ।

त्यसैगरी, द्वितीय स्थानमा नरेन्द्र रावत रहेका छन् । उनले उक्त दुरी २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा पार गरेका हुन् । उनी नेपाली सेनाका त्रिभुवन आर्मी क्लबका हुन् ।

तेश्रो स्थानमा आर्मीकै सन्तोष बिष्ट भएका छन् । उनले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा सो दुरी पार गरेका छन् ।

त्यसै गरि हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथन जितेकी हुन् । सागकी गोल्ड मेडलिष्ट श्रेष्ठले हाफ म्याराथन एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी छन् । एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी छन् । हाफ म्याराथन विजेतालाई ५१ हजार पुरस्कार राखिएको छ ।

सोतौं नेपालगन्ज म्याराथनको आज बिहान युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गरेका थिए । मन्त्री गहतराजले भण्डा हल्लाउँदै र नायक राजेश हमालले सिटी फुकर म्याराथनको उदघाटन गरिएको थियो । सो अवसरमा मन्त्री गहतराज महानायक राजेश हमालसँगै वाकाथनमा सहभागी भएका थिए ।

म्याराथनको उद्घाटन गर्दै मन्त्री गहतराजले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलाएमान गराउनुपर्ने समय आएको बताए ।
नेपालगन्ज म्याराथनले स्थानिय देखी खेल क्षेत्रका भेट्रानहरु समेतलाई सडकमा उतार्न सफल भएकोमा खुसी ब्यक्त गर्दै मन्त्री गहतराजले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सुचिकृत गराउन पहल गर्ने आश्वासन दिए । “राष्ट्रका लागि खेल र स्वास्थ्यकालागि खेल” भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासकालागि मन्त्रालयले नयाँ योजना तथा निति तय गरेको उनले बताए ।

म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताए । विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी ब्यक्त गरे । स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तराष्ट्रिय स्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिएका थिए ।

नेपालगन्ज म्याराथनमा नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, कृतिमानी धावक बैकुण्ठ मानन्धरसहित १९ जनाले २१ किलोमिटर दौडेका छन् ।

फुल म्याराथनमा ५० जना खेलाडी, हाफ म्याराथनमा १२ जना र सबै बिधामा मिलाएर कुल २ हजार खेलाडीले म्याराथन दौडमा भाग लिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : ४१ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

दाङ । दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको

आजदेखि तीन दिनका लागि खुल्दै तातोपानी नाका

काठमाडौं । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा