१ कार्तिक २०८३, आइतबार | October 18, 2026

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक



दाङ । दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक छ । दसैँ नजिकिएसँगै जिल्लाका थारू बस्तीमा परम्परागत सख्या पैयाँ नाचको रौनक बढेको हो । दसैँ आउन दुई साता अगाडिदेखि सुरु गरेर बडादसैँ नसिकदासम्म सामूहिक रूपमा गाउँमा सख्या पैयाँ नाच्ने परम्परा रहेको छ ।

घोराही उपमहानगरपालिका–१७ ओखरामा गत असोज १२ गतेदेखि नै यो नाच सुरु भएको सोही ठाउँका स्थानीय रामप्रसाद चौधरी बताउँछन् । अन्य थारू बस्तीमा पनि कतिले सुरु गरिसकेका छन् भने कतिले सुरु गर्ने तयारी गरिरहेको उनको भनाइ छ । सख्या नाच थारू समुदायमा मात्र नाचिने मौलिक र सबैभन्दा लामो अवधिसम्म नाचिने नाच हो । सख्या नाच प्रायः हरेक वर्षको दसैँको अगाडि कृष्णाअष्टमी अटवारी पर्वपछि सुरु भई तिहारसम्म नाचिने संस्कृति रहेको उनी बताउँछन् ।

स्थानीय लक्षिमा चौधरी पछिल्लो समय नाच सुरु हुने र अन्त्य हुने समय ठाउँअनुसार भने फरक फरक हुने गरेको बताइन् । यो नाच महिलाहरू दुई समूहमा विभाजन भएर नाचिन्छ भने मादलेमा पुरुषहरू हुन्छन् । नाच हरेक साँझ ०६ः००–०७ः०० बजेदेखि राति १०ः००–११ः०० बजेसम्म बरघर अर्थात् गाउँका महतवाको आँगनमा नाच्ने चलन रहेको उनको भनाइ रहेको छ ।

थारू अगुवा बुद्धि चौधरीका अनुसार सख्या पैयाँ नाच सुरु हुनभन्दा अगाडि अगुवा मादले र पछुवा मादलेले विशेष किसिमको देवीदेवतालाई सम्झेर भिन्न तालमा मादल बजाउनुपर्छ । जसलाई ‘झ्वाङ मर्ना’ या ‘ट्रासन मर्ना’ भनिन्छ । त्यसपछि नाच सुरु हुन्छ । नाचमा उपस्थित युवायुवती, महिला सबैले मादलको तालमा पैयाँ नाच नाच्छन । फरक फरक ढङ्गले नचाउन सकिने पैयाँ नाच दर्जनौँ किसिमका हुन्छन् । मादलको तालमा सामूहिक रूपमा मुजुरा बजाउँदै आङ्गिक अभिनय, खुट्टाको ताल मात्र मिलाएर नचनीहरू नाच्दछन् ।

यस्तो पैयाँ नाच बीचबीचमा नाचिन्छ भने मूल गीतमा भने दुई समूहमा बाँडेर मादलको तालमा दुबै टोलीका नचनीहरू पालैपालो गीत गाउँदै नाच्ने गरिने उनको भनाइ रहेको छ । तर पछिल्लो समय यस्ता परम्परागत विधि पूरा गर्न भने छाड्दै गएको थारू अगुवा चौधरी बताउँछन् । थारू समुदायको मौलिकतासँग जोडिएको यस्तो नाच नाच्न भने नयाँ पुस्ता अग्रसर नहुने गरेको देखिएको छ । यसका कारण पुस्तान्त्रण हुन आवश्यक रहेको उनको भनाइ रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ११ : २६ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

दाङ । दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको

आजदेखि तीन दिनका लागि खुल्दै तातोपानी नाका

काठमाडौं । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा