१३ असार २०८३, शनिबार | June 27, 2026

ए डिभिजन लिग : ब्रिगेड र एपीएफ तथा मनाङ र जावलाखेल भिड्दै



काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आज दुबै टिम सुरुआती खेलमा जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा छन् । ब्रिगेड राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङको कप्तानीमा तथा सनोज श्रेष्ठको प्रशिक्षणमा मैदान उत्रनेछ ।

पूर्वखेलाडी कुमार थापाको प्रशिक्षणमा रहेको एपीएफ टोपबहादुर विष्टको कप्तानीमा खेल्नेछ । दिनको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिमानी आठौं पटकको मनाङ र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको मनाङ अन्जन विष्टको कप्तानीमा हुनेछ भने किशोर केसीको प्रशिक्षणमा रहेको जावलाखेल कुलदिप कार्कीको कप्तानीमा छ । जावलाखेल मनाङलाई हराउदै अप्रत्याशित नतिजा दिन चाहन्छ ।

१४ क्लबले प्रतिस्पर्धा गरिरहेको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्नेछन् ।

शनिबार भएको खेलमा संकटा क्लब र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे भने थ्री स्टारले छिमेकी च्यासल युथलाई ३-० ले पराजित गर्दै शीर्षस्थानमा रह्यो ।

‍यसअघि उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नव प्रवेशी सातदोबाटोले गोलरहित बराबरी खेले ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ३९ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को