१ कार्तिक २०८३, आइतबार | October 18, 2026

कार्यकर्तालाई देउवाको निर्देशन : पार्टीलाई बलियो बनाउनु छ, सहमतिबाट नेतृत्व छान्नु



सुनसरी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई पार्टीको महाधिवेशनमा सहमतिबाट नेतृत्व छान्न आग्रह गरेका छन् ।

आज सुनसरीको देवानगन्ज गाउँपालिको नवनिर्मित भवनको उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले पार्टीको आन्तरिक चुनावमा लडेर नेतृत्व छान्नुभन्दा सहमतिबाटै निकास निकाल्नु पर्नेमा जोड दिए ।

उनले सकेसम्म सहमति गर्न आग्रह गर्दै चुनाव गर्नै परे हार जितलाई सामान्य रूपमा लिन पनि आम कार्यकर्तालाई आग्रह गरे । उनले भने ‘पालिका, जिल्ला प्रदेश, केन्द्रमा तपाईंहरू नेतृत्वमा आउँदा सहमतिमा आउनुस् । पार्टीलाई जोगाउनु छ, बलियो बनाउनु छ । त्यसैले एक अर्कामा द्वन्द्व सिर्जना नगर्नुस् । मिलेर आउनुस् ।’

प्रधानमन्त्री देउवाले सुनसरी खोलाका कारण बर्षौदेखि डुबानमा पर्दै आएका जनतालाई जोगाउन आगामी वर्षको बजेटमा समेट्ने आश्वासन दिए । देवानगञ्ज गाउँपालिका छिमेकी देश भारतसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताउँदै उनले खुल्ला सीमाना भएकै कारण नेपालको धेरै राजश्व गुमेको बताए । त्यस नाकालाई व्यवस्थित गर्न आगामी दिनमा राज्यले थप पहल गर्नेसमेत बचन दिए ।

ब्खबतबच

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : १६ बजे

आजदेखि तीन दिनका लागि खुल्दै तातोपानी नाका

काठमाडौं । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने