५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

कार्यकर्तालाई देउवाको निर्देशन : पार्टीलाई बलियो बनाउनु छ, सहमतिबाट नेतृत्व छान्नु



सुनसरी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई पार्टीको महाधिवेशनमा सहमतिबाट नेतृत्व छान्न आग्रह गरेका छन् ।

आज सुनसरीको देवानगन्ज गाउँपालिको नवनिर्मित भवनको उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले पार्टीको आन्तरिक चुनावमा लडेर नेतृत्व छान्नुभन्दा सहमतिबाटै निकास निकाल्नु पर्नेमा जोड दिए ।

उनले सकेसम्म सहमति गर्न आग्रह गर्दै चुनाव गर्नै परे हार जितलाई सामान्य रूपमा लिन पनि आम कार्यकर्तालाई आग्रह गरे । उनले भने ‘पालिका, जिल्ला प्रदेश, केन्द्रमा तपाईंहरू नेतृत्वमा आउँदा सहमतिमा आउनुस् । पार्टीलाई जोगाउनु छ, बलियो बनाउनु छ । त्यसैले एक अर्कामा द्वन्द्व सिर्जना नगर्नुस् । मिलेर आउनुस् ।’

प्रधानमन्त्री देउवाले सुनसरी खोलाका कारण बर्षौदेखि डुबानमा पर्दै आएका जनतालाई जोगाउन आगामी वर्षको बजेटमा समेट्ने आश्वासन दिए । देवानगञ्ज गाउँपालिका छिमेकी देश भारतसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताउँदै उनले खुल्ला सीमाना भएकै कारण नेपालको धेरै राजश्व गुमेको बताए । त्यस नाकालाई व्यवस्थित गर्न आगामी दिनमा राज्यले थप पहल गर्नेसमेत बचन दिए ।

ब्खबतबच

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : १६ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया