१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

कांग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व



काठमाडौं । नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । कांग्रेसको केन्द्रीय नेतृत्व छान्न १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदै छ ।

कांग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान श्रेष्ठ र नेत्री सुजाता कोइराला अघि बढेका छन् ।

कतिपय नेताहरूले त सम्पर्क कार्यालय नै खोलेर चुनावी अभियान सुरु गर्दै आइसकेका छन् । कतिपय आन्तरिक रूपमा भेटघाटका लागि दौडाहामा छन् । कांग्रेस विधानमा सभापतिमा जति जना मैदानमा उत्रिए पनि निर्वाचित सभापतिपछि हार्नेमध्ये दोस्रो बढी मत ल्याउने व्यक्ति मात्रै सम्बन्धित कार्यसमितिको सदस्य हुन्छन् । दोस्रो मत नपाए अन्य उम्मेदवारहरू त्यो कार्यसमितिको कार्यकालभर कार्यसमिति बाहिरै बस्नुपर्छ ।

‘पार्टीका सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ,’ कांग्रेस विधानमा उल्लेख छ ।

कांग्रेस विधानको परिच्छेद १० अन्तर्गत केन्द्रीय विभागसम्बन्धी व्यवस्थाको विभागहरूको काम, कर्तव्य र अधिकारअन्तर्गत ६५ नम्बर बुँदामा सोसम्बन्धी स्पष्ट व्यवस्था उल्लेख छ । कांग्रेस नेता मीन विश्वकर्माले विधानमा उल्लेख भएअनुसार सभापतिपछि दोस्रो मत ल्याउने नेता मात्रै केन्द्रीय समितिमा सदस्यका रूपमा रहने प्रस्ट व्यवस्था रहेको बताए ।

‘विधानमा नै प्रस्ट छ, सभापतिपछिको दोस्रो बढी मत ल्याउने नेताको मात्रै केन्द्रीय समितिमा प्रतिनिधित्व हुन्छ, बाँकीलाई के गर्ने ? भन्ने विधानमा व्यवस्था छैन । सभापतिले चाहँदा मनोनीत हुने ठाउँ रहन्छ । नत्र त्यो कार्यकालभर केन्द्रीय समिति बाहिरै बस्ने हो,’ नेता मिन विश्वकर्माले भने ।

विधानअनुसार हेर्ने हो भने आगामी महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा उत्रिने नेताहरू महाधिवेशनमा दोस्रो नम्बरमा नपरे केन्द्रीय समितिबाटै ‘रिङ आउट’ हुनेछन् ।

कांग्रेस नेता भीमसेनदास प्रधान भने व्यवहारिक रूपमा निर्वाचित सभापतिले चाहे भने हार्ने उम्मेदवारहरूलाई निगाहामा मनोनीत गरेर केन्द्रीय समितिमा ल्याउन सक्ने बताउँछन् । उनका अनुसार त्यो सभापतिको चाहनामा भर पर्छ । विधानमा भने त्यस्तो व्यवस्था छैन ।

विधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय सभापतिका लागि मैदानमा उत्रिएकाहरू साँच्चै सभापतिमा भिड्छन् वा ब्याक हुन्छन् भन्ने प्रश्न अब देखिँदै जानेछ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ०१ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary