११ श्रावण २०८३, सोमबार | July 28, 2026

बैतडीमा जन्ती बोकेको जीप दूर्घटना हुँदा ५ जनाको मृत्यु, दुई जना गम्भीर घाइते



बैतडी । बैतडीमा जन्ती बोकेको जीप गएराती दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका-२ देहिमाडौंबाट जन्ती लिएर सोही नगरपालिकाको वडा नम्बर ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको कलुवाड मोडमा दुर्घटना भएको हो ।

जीपमा सवार सात जनामध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् । उनीहरु सवै स्थानीय हुन ।

४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । जीप सडकबाट सात सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : २९ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला