१९ बैशाख २०८१, बुधबार | May 2, 2024

सहज जितसँगै रियल म्यड्रिड शीर्ष स्थानमा



काठमाडौं । १० खेलाडीमा समेटिएको ग्रानडालाई पराजित गर्दै रियल म्यड्रिड स्पेनिस ला लिगामा शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले ग्रानडालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको सहज जितमा मार्को एसेन्सियो, नाँचो फर्नान्डेस, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले १-१ गोल गरे । घरेलु टोली ग्रानडाका लागि लुइस जाभियर सुआरेजले एक गोल फर्काए ।

खेल सुरु हुन अघि नै ग्रानडाका प्रशिक्षक रोबर्ट मोरेनोले बेन्चमा रातो कार्ड पाउँदै दर्शक दीर्घामा पुगेका थिए । खेलको ६७ मिनेटमा मिडफिल्डर मोन्चुले सिधै रातो कार्ड पाउँदा ग्रानडा १० खेलाडीमा सिमित भयो ।

जितसँगै रियलले रियल सोसाईडाडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । १३ औं चरणका खेल सकिँदा ३० अंक बनाएर मड्रिड तालिकामा पहिलो स्थानमा छ ।

सोसिडाड २९ अंकसहित दोस्रो स्थानमा रहँदा सेभिल्ला २८ अंकसहित तेस्रो स्थानमा रहँदा २६ अंक बनाएको एथ्लेटिको मड्रिड चौथो स्थानमा छ ।

रियलसँग पराजित भएको ग्रानडा भने रेलिगेशन जोन नजिक छ । ११ अंक बनाएको ग्रानडा १७औँ स्थानमा छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ४८ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका