१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

चामल माग्न चार दिनको बाटो



हुम्ला । चीनको ताक्लाकोटबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि हिमालपारि लिमी गाउँका बासिन्दाले खाद्यान्न सङ्कट बेहोर्दै आएका छन् ।

गाउँमा खाद्य सङ्कट परेपछि नाम्खा गाउँपालिका-६, लिमीको जाङ गाउँका १७ जनाको समूूह पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर खाद्यान्न माग गर्न सदरमुकाम सिमकोट आइपुगेको छ । नाराको लेकमा तीन फिटसम्म जमेको हिउँ छिचोल्दै, हिउँमाथि नै बास बस्दै चार दिनको कठिन बाटो हिँडेर सो समूह सिमकोट आइपुगेको हो । जाङका नुर्ब तामाङले भने, “कोरोनाको कारण देखाउँदै दुई वर्षदेखि छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोटबाट खाद्यवस्तु आयात बन्द छ । हामी भोकले मर्ने भयौँ । सरकार गुहार्न सिमकोट आएका हौँ ।”

एक वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्नसमेत पुग्न सकेको छैन । स्थानीय उत्पादनसमेत कम भएपछि लिमीवासीले चरम खाद्य सङ्कट बेहोरिरहेका छन् । व्यापार कम्पनीले ढुवानी गर्ने खाद्यान्न लिमीमा विरलै पुग्ने गथ्र्यो ।

लिमीका तीनगाउँ तिल, हल्जी र जाङका बासिन्दाका लागि छदेखि आठ महिना पुग्ने खाद्यान्न यसअघि ताक्लाकोटबाट व्यवस्था हुने गथ्र्यो । यसले गर्दा व्यापार कम्पनीको खाद्यान्नमा स्थानीयवासीको ध्यान जाँदैनथ्यो । ताक्लाकोटबाट आयात हुने खाद्यान्न बन्द भएपछि स्थानीयवासी यतिबेला खाद्यान्न अभावले छट्पटिएका छन् । गत वर्ष कात्तिकमा चार सय क्विन्टल खाद्यान्न कम्पनीको सिमकोट शाखाबाट लगिएको थियो । त्यसको ढुवानी गाउँपालिकाले दिएको थियो । स्थानीय तामाङका अनुसार त्यसयता खाद्यान्न नपुगेका कारण गाउँमा खाद्य सङ्कट भएको हो ।

लिमी हल्जी गाउँका तुन्डुवा तामाङले भने, “के खाएर बाँच्ने रु ज्यान बचाउनै समस्या भएपछि गुहार माग्न आएका हौँ ।” ताक्लाकोटबाट दुई वर्षअघि नै खरिद गरी ल्याएको मौज्दात खाद्यान्नले यतिन्जेल गाउँलेलाई धानेको थियो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले भने, “खाद्य समस्या समयमै समाधान नगरिए गाउँ भोकमरीमा फस्छ ।”

खाद्य सङ्कट बेहोरिरहेका लिमीवासीले स्थानीय प्रशासन, कम्पनीको कार्यालय, जनप्रतिनिधि र राजनीति दलका नेतासँग भेटेर खाद्य समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् । यसअघि भदौमा समेत स्थानीयवासीले खाद्यान्न सङ्कटबारे सरोकार पक्षको ध्यानाकर्षण गराएका थिए । लिमीमा १४७ घरधुरी छन् ।

लिमीवासीको खाद्यान्न सङ्कटका विषयमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जिल्लाबाट केही गर्न नसकिने बताए । हिमपातले बाटोसमेत राम्रो नखुलेका कारण हेलिकप्टरबाट खाद्यान्न लैजानुपर्ने बताउँदै उनले हिमपातका कारण जिल्लाभरि समयमा खाद्यान्न ढुवानी हुन नसकेकाले अन्यत्र पनि खाद्यान्न सङ्कट आउनसक्ने बताए ।

कम्पनीका हुम्ला शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा न्यून खाद्यान्न भएका कारण जिल्लाबाट कुनै व्यवस्था गर्न नसकिने बताए । यसै आर्थिक वर्षबाट लिमीका लागि बिक्री केन्द्रको स्वीकृत भएर पाँच सय क्विन्टल खाद्यान्न कोटाको व्यवस्था भए पनि त्योसमेत ढुवानी हुन सकेको प्रमुख अधिकारीले बताए । आजको गोरखापत्र दैनिकमा राजन राउतले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : ५९ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary