६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

प्रदेश २ मा एक्कासी चल्यो हुस्सु र शितलहर, जनजीवन कष्टकर



जनकपुरधाम । प्रदेश २ का जिल्लामा एक्कासि बाक्लो हुस्सु र शितलहर चलेपछि जनजीवन प्रभावित हुन पुगेको छ ।

मंगलबार बिहानैदेखि यस क्षेत्रमा चिसो बढेको छ । एक्कासि चिसो बढेपछि जनकपुरधामसहित यस क्षेत्रका शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ ।

चिसो बढेपछि स्थानीयहरूले ठाउँठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् । मंगबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुको कारण गाडी, मोटरसाइकलहरू लाइट बालेर चलाउनुपर्ने अवस्था छ ।

हुस्सुको कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको संख्यासमेत घटेको छ । पुस र माघमा लाग्ने हुस्सु र शितलहर मंसिरको सुरुको पहिलो सप्ताहमै सुरू भएपछि सर्वसाधारणले यस वर्षको चिसो लाम्मो हुने अनुमान लगाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ११ : १९ बजे

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु