१ पुस २०८२, मंगलबार | December 16, 2025

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट : नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित



काठमाडौं । भुटानलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा जित दर्ता गरेको छ ।

मंगलबार दुबईमा भएको खेलमा भुटानलाई आठ विकेटले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले आठ ओभर तीन बलमा दुई विकेट गुमाएर ६४ रन बनायो । नेपालको जितमा इन्दु बर्माले अविजित सर्वाधिक १८ रन बनाइन् । २४ बल सामना गर्दा बर्माले कुनै बाउण्ड्री प्रहार गरिनन् ।

सीता राना मगरले १७ रन बनाइन् । सिताले १३ बल खेल्दा दुई चौका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १२ बलमा १० रनको योगदान गरिन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनाएको थियो । भुटानका लागि गावाङ चोदेनले सर्वाधिक १३ रन बनाइन् । ३१ बल खेलेकी उनले एक चौका प्रहार गरेकी थिईन् । यस्तै सोनम पाल्दोमले ११ रनको योगदान दिँदा अन्य खेलाडीले भने दोहोरो अंक बनाउँन सकेनन् ।

टस हारेर बलिङ गरेको नेपालको लागि सीता राना मगरले सर्वाधिक तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी सीताले १० रन खर्चिन् । करुना भण्डारीले एक विकेट लिइन् ।

यसअघि मंगलबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगिताको विजेता ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटको दुई टोली विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : २२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज