६ पुस २०८२, आइतबार | December 21, 2025

बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते



सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका-५ बसन्तबजारका २५ वर्षीय छोरा र १६ वर्षीया छोरी घाइते भएका हुन् ।

प्रहरीका अनुसार सोमबार राति करिब साढे ८ बजे अन्दाजी ५५ वर्षका मोहन बराइलीले मादक पदार्थ सेवन गरेर छोराछोरीमाथि एसिड प्रहार गरेका थिए ।

घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार हुन नसकेपछि सोमवार राति नै थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घाइतेमध्ये छोरीको हातमा मात्रै चोट लागेको छ भने छोराको शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख कवित कट्वालले बताए ।

एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : २६ बजे

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको