२० बैशाख २०८१, बिहिबार | May 2, 2024

पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि !!!



नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा अस्पतालले मृत घोषित गरेका एक व्यक्ति जीवितै देखिएका छन् । एउटा अनौठो घटनामा मृत घोषणा गरेर शवगृहमा राखिएका एक व्यक्तिले सात घन्टापछि हातखुट्टा चलाउन थालेका हुन् ।

रिपोर्टअनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रीकेश कुमारलाई बिहीबार राती अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पताल पु¥याएको केही बेरमा मृत घोषणा गरिएको थियो । भोलिपल्ट उनलाई अस्पतालको शवगृहमा रहेको एउटा फ्रिजमा राखिएको थियो ।

सात घन्टापछि शवको पोस्टमार्टम गर्ने विषयमा पीडित परिवारले एउटा कागजमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेर फर्किने क्रममा कुमारकी बुहारी मधु बालाले उनको शरीर चलमलाएको देखेकी थिइन् ।

सो घटनाबारे सार्वजनिक भएको एउटा भिडियोमा बालाले शब देखाउँदै चिच्चाएको सुन्न सकिन्छ । ‘उहाँको मृत्यु भएको छैन् । यो कसरी भयो रु उहाँले केही भन्न खोजिरहनु भएको छ । उहाँले सास फेरिरहनु भएको छ ।,’ कुमारकी बुहारीले भनेकी छिन् ।

मोरादाबादका प्रमुख मेडिकल अधिकृत डा। शिव सिंहका अनुसार चिकित्सकले विरामीलाई भोलिपल्ट बिहान ३ बजे पनि परीक्षण गरेका थिए । त्यतिबेला बिरामीको मुटु चलेको थिएन ।

तर, उज्यालो भएपछि प्रहरीको एउटा समूह र परिवारका सदस्यहरुले उनलाई जीवितै पाएका थिए । सो घटनाबारे अनुसन्धान सुरु भएको छ । सो घटना मेडिकल जगतमै ‘दुर्लभ’ भएको डा। सिंह बताउँछन् ।

४० वर्षीय कुमारको अहिले मेरुटस्थित एउटा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । तर, होस भने खुलेको छैन् । लापरबाही गरेको भन्दै पीडित परिवारले अस्पतालविरुद्ध उजुरी गर्ने भएको छ । एजेन्सी

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १२ : ४८ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ