२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नेता टंकमणीको निधनमा शोक मनाउन माओवादी केन्द्रले प्रदेशभर ३ दिन आधा झण्डा झुकाउने



बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज राम प्रसाद बन्जाडे टंकमणीको निधनप्रति विभिन्न क्षेत्रबाट शोक वक्तव्य सार्वजनिक गरिएको छ । सडक दुर्घटनामा मृत्यु भएका टंकमणीको निधनले राजनीति, समाज र रुपन्देहीले एउटा उज्वल नक्षत्र गुमाएको वक्तव्यमा उल्लेख गरिएको छ ।

नेता टंकमणीको निधन प्रति शोक व्यक्त गर्दै माओवादी केन्द्रको लुम्बिनी प्रदेश समितिले ३ दिन शोक मनाउने घोषणा गरेको छ । लुम्बिनी प्रदेशका १२ वर्ट जिल्ला पार्टी कार्यालयहरुमा आधा झण्डा झुकाउने र प्रदेशका सबै पार्टी कार्यालयमा टंकमणीको फोटो सहित शोक पुस्तिका राख्ने माओवादीले निर्णय गरेको छ ।

माओवादी केन्द्रका प्रदेश इन्चार्ज चक्रपाणी शर्मा बलदेव र सचिव जग प्रसाद शर्मा अपारले संयुक्त शोक वक्तव्य प्रकाशित गर्दै टंकमणीको निधनले पार्टीलाई अपुरणीय क्षति भएको जनाएका छन् । ‘शोकको यस घडिमा सिंगो पार्टी पंक्ति उहांको गौरवशाली इतिहासलाई पच्छाउदै अघि वढिरहने प्रण गर्दछ । सर्वहारा श्रमजिवि वर्गको मुक्तिको लागि उहांले उठाउनु भएको हसिया हथौडा अंकित लाल झण्डालाई झुक्न नदिई निरन्तर उचाईमा उठाईरहने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ वक्तव्यमा लेखिएको छ, -‘महान समाजवादी नेपाल निर्माण गर्ने उहांको सपना पुरा गर्ने संकल्प गर्दछौं । समग्र पार्टीपंक्तिलाई उहांको क्रान्तिकारी, जुझारु र संघर्षशिल जिवनबाट शिक्षा लिदै पार्टी र क्रान्तिको पक्षमा निरन्तर अघि वढिरहन अपिल गर्दछ ।’

त्यसैगरि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले पनि माओवादी नेता टंकमणीको निधन प्रति शोक व्यक्त गरेका छन् । मुख्यमन्त्री केसीले आज शोव वक्तव्य प्रकाशित गर्दै टंकमणीले देश र जनताका लागि लामो योगदान गरेको बताएका छन् । उनले टंकमणीको योगदान पार्टी, क्रान्ति र परिवर्तनका लागि अविस्मरणिय रहेको उल्लेख गर्दै उनको योगदान भावि पुस्ताकालागि स्मरणयोग्य हुने बताएका छन् ।

नेता टंकमणीको मंगलवार राती बसको ठक्करबाट मृत्यु भएको थियो । २०३८ सालमा शान्ति मावि धारापानी अर्घाखांचीमा विद्यार्थी इकाई सदस्यबाट राजनिति शुरु गरेका टंकमणीले ने.क.पा. (चौ. म.) को पार्टी सदस्यता २०३९÷११÷१९ मा प्राप्त गरेका थिए । अखिल (क्रान्तिकारी)का पुर्व केन्द्रीय महासचिव समेत भएका उनले २०४२ सालबाट पार्टीको पुर्णकालिन यात्रा प्रारम्भ गरेका थिए । उनी जनयुद्धको शुरुवात काल २०५३ सालमा गोर्खा जिल्लामा जौवारी प्रहरी चौकी कब्जा गर्ने क्रममा गम्भिर घाईते भएका कारण उनको श्रवण शक्तिमा समेत कमी आएको थियो । २०७२ सालमा पार्टीको पोलिटव्युरो सदस्य भई पार्टीको नेतृत्व गरेका उनले जनयुद्धको दौरानमा भूमिगत भई महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए । वन्जाडे २०६४ मा अर्घाखाचीमा पार्टीको तर्फबाट संविधान सभाको उम्मेदवार समेत बनेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : २१ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य