२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

कांग्रेस १४ औं महाधिवेशनः २८ जिल्लामा नयाँ नेतृत्व



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ मध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । हालसम्म चयन भएका जिल्लाको नेतृत्व हेर्दा कांग्रेसको केन्द्रीय नेतृत्वकै दुई गुटबीच कडा टक्कर देखिएको छ ।

१४औं महाधिवेशनअन्तर्गत एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी गरी ३५ निर्वाचन क्षेत्र छन् । तीमध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको हो ।

जिल्ला अधिवेशन सम्पन्न भएका २८ जिल्लाको परिणाममा कांग्रेसको संस्थापन पक्ष अगाडि देखिएको छ । सार्वजनिक मत परिणामअनुसार २८ मध्ये १५ जिल्लामा हालका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्दै आएको संस्थापन समूहले नेतृत्व हात पारेको छ ।

त्यस्तै, १३ वटा जिल्लामा संस्थापनइतर समूहले नेतृत्व पाएको छ । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा भने जिल्ला नेतृत्व चयन गर्न १० मंसिरमा जिल्ला अधिवेशन तोकिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १३ जिल्लामा दसैंअघि नै अधिवेशन भएको थियो । अन्य हिमाली तथा पहाडी जिल्लामा भने अहिले धमाधम नेतृत्व चयनको काम भइरहेको छ ।

संस्थापन समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चयन भएका छन् ।

त्यसैगरी, सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादुर शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रूपनारायण जवेगु, लमजुङमा डा. टेकबहादुर गुरुङ, डोटीमा नरेन्द्रबहादुर सिंह संस्थापन समूहबाट सभापति निर्वाचित भएका छन् । जाजरकोटका सिंह र मनाङका गुरुङ सर्वसम्मत सभापति चयन भएका हुन् ।

त्यस्तै, संस्थापनइतर समूहबाट संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल जिल्ला सभापति बनेका छन् ।

यसैगरी, अर्घाखाचीमा केशव श्रेष्ठ, प्युठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, भोजपुरमा विनोद बान्तवा, तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे र रोल्पामा किशोर आचार्य जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र भएको रसुवा, दार्चुला र धनकुटामा जिल्ला अधिवेशन हुनै बाँकी छ भने अन्य जिल्लामा पक्रिया सुरु भएर अड्किएका छन् । ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला हुन् ।

कांग्रेसले एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा भने १० मंसिरका लागि जिल्ला अधिवेशन तोकेको छ । त्यसपछि १६ र १७ मंसिरमा कांग्रेसले सातै प्रदेशमा प्रदेश तहको अधिवेशन गर्नेछ भने २४, २५ र २६ मंसिरका लागि केन्द्रीय महाधिवेशन तय छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ६ : ५९ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary