२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

आठौं महाधिवेशनमा ओली र म एउटै समूहबाट लडे पनि दुवै हार्‍यौं, यसपटक म उहाँलाई अध्यक्षमा छाड्दिनँ : भीम रावल



नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले आजदेखि चितवनमा हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेका बेला रावलले आफू उम्मेदवारीबाट पछि नहट्ने बताउँदै आएका छन् । न्युज कारखानाले रावललाई तपाई किन केपी ओलीको विकल्प भनेर सोधेको छ :

 

–  तपाईको उम्मेदवारी किन रु तपाई किन केपी ओलीको विकल्प ?

मैले कुनै व्यक्तिको विरोधभन्दा पनि मेरो १२ वटा लक्ष्यरउद्देश्य र १५ वटा मान्यताका आधारमा यो पार्टीलाई नेतृत्व गर्न अत्यावश्यक भएको देखे । राष्ट्रिय, स्वतन्त्रता, स्वाधीनता, समृद्धिको दिशामा देशको राष्ट्रिय राजनीतिलाई सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसको नेतृत्व गर्न म अग्रसर भएको छु ।

-उम्मेदवारी घोषणापछि पार्टी पंक्ति, नेता कार्यकर्ताबाट कस्तो रेस्पोन्स पाउनुभएको छ ?

एमालेका कार्यकर्ताहरुले जनताको बहुदलीय जनवादअन्तर्गत राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, पार्टीलाई विधि पद्धतिबाट चलाउने कुरामा जहिले पनि साथ दिँदै आउनुभएको छ । अहिले पनि उहाँहरुले साथ दिनुहुन्छ भन्ने मेरो विश्वास छ ।

-तपाईंको उम्मेदवारीमा अध्यक्ष ओलीको प्रतिक्रिया केही पाउनुभएको छ ?

मैले उहाँको कुनै प्रतिक्रिया पाएको छैन । केही दिनअघि उहाँले यो बोझ राख्नुस् भनेकोमा माया देखाउनुभयो भन्नुभयो । यो कुरा भनेको उहाँलाई मेरो धन्यवाद छ । अरु थप व्यक्तिगत कुराहरु केही भएको छैन ।

-उहाँले उम्मेदवारी दिनेले परिणामको ख्याल गर्नुपर्छ भन्नुभएको रहेछ नि ?

होइन परिणाम त उम्मेदवारी हुँदा सबैले पहिले भन्न सक्दैन । उहाँ हामीले धेरै चुनाव लडेका छौं । हारेका छौं । जितेका छौं । अब पहिल्यै कसको परिणाम के आउँछ भनेर मानापाथी भरेर उम्मेदवारी दिने कसले गरेको छ रु आठौं महाधिवेशनबाट उहाँ र म एउटै समूहबाट लडेको हो । दुइटै हारेको हो । अब यो मानापाथी भरेजस्तो हुँदैन । राजनीतिक मान्यतामा, आफ्ना विचारमा, आफ्नो कार्यक्रम नीतिमा उभिएर दृढतापूर्वक उम्मेदवारी हुन्छ ।

-तपाईको उम्मेदवारी बार्गेनिङका लागि हो भन्ने विश्लेषण पनि छ । अध्यक्षबाहेक सबै पदमा सर्वसम्मत भयो भने के गर्नुहुन्छ रु अध्यक्ष छोड्नुहुन्छ ?

यो मलाई थाहा छैन । हाम्रो पार्टीको कुनै कमिटी वा संस्थागत रूपमा यस विषयमा कुनै छलफल भएको छैन । मलाई लाग्छ यो व्यक्ति व्यक्ति बीचको मनको चर्चा होला ।

-भनेपछि यो सम्भावना छैन ?

होइन, यो मलाई छलफलमा आएको जानकारी छैन ।

तपाई अध्यक्षमा उठ्दै गर्दा पार्टीभित्रको असन्तुष्ट समूह वा १० भाइलाई कसरी समेटेर लानुहुन्छ ?

यो १० भाइको कुरामात्र होइन । व्यापक पार्टी पंक्तिलाई राष्ट्र र जनताको हितमा परिचालनको कुरा हो । १० बुँदे सहमतिका साथीहरू मात्र होइन सम्पूर्ण पार्टी पंक्ति नै अब एउटा नेतृत्वको रूपान्तरण र परिवर्तनको दिशामा अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा हो ।

-तपाई अध्यक्ष हुनुभयो भने पार्टीलाई कसरी अगाडि लैजानुहुन्छ ?

मेरा १२ वटा उद्देश्यरलक्ष्य र १५ वटा मान्यताका आधारमा यो राष्ट्रलाई आफ्नो खुट्टामा उचिन सक्ने, आफ्नोबारेमा आफै निर्णय गर्न सक्ने, पार्टीलाई लोकतान्त्रिक विधि प्रणालीबाट कूटनीतिबाट सञ्चालन गर्ने र जनताको बहुदलीय जनवादअन्तर्गत जे कुरा भनेका छौं ती कुराहरूलाई समेत ध्यानमा राखेर पार्टीलाई अगाडि बढाउँछौं ।

-अन्तिममा महाधिवेशनमा आएका प्रतिनिधिलाई के भन्न चाहनुहुन्छ ?

म सर्वप्रथम सम्पूर्ण प्रतिनिधिलाई बधाई तथा स्वागत गर्न चाहन्छु । उहाँहरूलाई पार्टीको परम्परा, पद्धति, प्रणालीअनुरूप अघि बढ्न र दृढतापूर्वक मलाई मत दिन हार्दिक अनुरोध गर्दछु ।

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १० : ०० बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी