१६ माघ २०८२, शुक्रबार | January 30, 2026

आइएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासव्याक अफर सार्वजनिक



काठमाडौ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ को सेवाग्राही केन्द्रित योजना आजबाट सार्वजनिक गरिएको छ ।

योजनाअन्तर्गत आइएमई पे सेवाग्राहीहरूको लागि नेपालभरका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २०% (३०० रुपैयाँ सम्मको) क्यासब्याकको अफर रहेको छ ।

उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत श्री विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पुर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासव्याक मार्फत भरपुर फाइदा उठाउन सक्ने खुसीयाली ब्यक्त गरेका छन् ।
उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यासव्याक हुनेछ । प्रयोगकर्ताले ३०० रुपैयाँसम्म मात्र २०% छुट पाउन सक्नेछन् ।

‘आइएमई पे ’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ३ : ५१ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता