२४ बैशाख २०८१, सोमबार | May 6, 2024

जापानमा ७ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि, सचेत रहन दुतावासको आग्रह



टोकियो । पछिल्लो समय जापानको खानागावा प्रिफेक्चरमा एक जना र टोकियोमा २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएसंगै जापानमा कोरोना संक्रमित नेपाली ७ जना पुगेको छ ।

खानागावाको योकोकामामा एक नेपाली महिला र टोकियोमा एक पुरुष र एक महिला २ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको नेपाली दुतावास जापानले जानकरी दिएको छ । यो सँगै जापानमा कोभिड १९ भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ७ पुगेको हो । यसअघि संक्रमण पाईएका अर्याल थरका पुरुषको श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो । टोकियो र कानागावामा दुई जोडी श्रीमानश्रीमतीलाई कोरोना संक्रमित भएको छ ।

अस्पतालले मे १ तारिख शुक्रबार साँझ आफुलाई कोरोना संक्रमण पोजेटिभ भएको बताएको छ । कानागावाको कोरोना संक्रमित महिलाको हाल स्वास्थ्य अवस्था सामान्य रहेको एनआरएनए अध्यक्ष देबिलाल भण्डारीले जानकारी दिनुभयो भने उहाँको श्रीमानलाई एक साताअघि कोरोना भाइरस पुष्टि भएको थियो ।श्रीमान् श्रीमती र छोरासँगै बस्दै आएको अर्याल परिवारमा छोरामा भने हालसम्म संक्रमणको कुनैपनि लक्षण नदेखिएको परिवारका सदस्यहरुले बताएका छन् ।

राजधानी टोकियोकोस्थित इकेबुकुरोको एक रेष्टुरेण्टमा कार्यरत २ जना कोरोना संक्रमण पुष्टि भएको नेपालीको स्वास्थ्य अवस्था पनी सामान्य रहेको बताईएको छ । उनीहरुलाई हस्पिटलले कोरोना पोजिटिभ रिपोर्ट दिई हाल उपचाररत छन् ।

एक जना युवतीले कोरोनालाई जितेर स्वास्थ्य लाभ लिई घर फर्किईसकेकी छन् भने एक नेपाली मूलकी भारतीय महिलाको पनी कोरोना संक्रमणबाट निधन भएको छ ।

जापानमा नेपाली समुदायमा कोरोना भाइरस संक्रमण बढनेक्रम भएकोले समाधानी अपनाएर सचेत रहन र समस्या परे नेपाली दूतावासमा सम्पर्क गर्न राजदूत प्रतिभा राणाले अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ८ : ५६ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८