६ बैशाख २०८३, आइतबार | April 19, 2026

एमालेको निर्वाचन प्रक्रिया आइतबार सारियो, ओलीले प्रस्ताव गरेको नाममा चित्त नबुझे उम्मेदवारी दिन पाइने



चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनको निर्वाचन तालिका पछाडी सरेको छ । निर्धारित समयभन्दा ५ घण्टा ढिला सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी ओलीले लामो भाषण गरेपछि पूर्व निर्धारित निर्वाचनको कार्यक्रम आइतबारका लागि सरेको हाे । निर्वाचन समितिले शनिबार साँझ ६ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।

बन्द सत्र ढिला गरि सुरु भएका कारण निर्वाचन कार्यक्रम पछि सारिएको ओली निकटका नेताहरुले बताएपनि ओलीले नाम प्रस्ताव गर्ने र बन्द सत्रले ताली पड्काएर अनुमोदन गराउने योजना सफल हुने नदेखिएपछि कार्यक्रम पछि सारिएको एमालेका एक केन्द्रीय नेताले बताए । बन्दसत्रमा उपस्थित ओली पक्षका प्रतिनिधिहरुले पदाधिकारी र केन्द्रीय समितिको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने पक्षमा आवाज उठाएपछि उपाध्यक्ष भिम रावल लगायतले विरोध जनाएको ती नेताले बताए ।

रावलले विधानसम्मतरुपमा निर्वाचन कार्यक्रम अनुसार बन्दसत्र अगाडी बढाउनु पर्ने बताएका छन् । विपक्षीमा उम्मेदवारी नदिए स्वतः सर्वसम्मत हुने, तर उम्मेदवारी दिने प्रतिनिधिको अधिकारलाई नै रोक्न नहुने रावलले बताएका छन् ।

रावलले उम्मेदवारी दिने अडान कायम राखेपछि एमाले अध्यक्ष ओलीले आइतबार बिहान १० बजे सुरु हुने बन्दसत्रमा आफुले नाम प्रस्ताव गर्ने र त्यसमा चित्त नबुझे उम्मेदवारी दिने अधिकार नखोसिने बताए । ‘सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुन्छ । कोही साथीहरु सहमतिमा तयार हुनुहुन्न र म यो पदमा पुग्छु भन्नुहुन्छ भने पाइन्छ,’ उनले भने, ‘भीम रावलजीले म अध्यक्षमा उठ्छु, म फिर्ता लिन्न भन्नुभयो । मनोनयन नै गर्नुभएको छैन के को फिर्ता लिने रु मनोनयन गर्नुभयो भने फिर्ता लिने नलिने गर्नुहोला ।’

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : १९ बजे

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला