१ पुस २०८२, मंगलबार | December 16, 2025

चेल्सी र युनाइटेडले अंक बाँडे, सिटीको जित



काठमाडौ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दा म्यानचेष्टर सिटीले जित हात पारेको छ । आइतबार राति चेल्सीले घरेलु मैदानमा युनाईटेडसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको ५०औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ६९ औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको हार टारेका हुन् ।

बराबरीसँगै चेल्सी १३ खेलमा ३० अंक जोड्दै शीर्ष स्थानमा छ । युनाइटेड १८ अंक जोडेर आठौँ स्थानमा छ ।

आइतबार साँझ भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले १-१ गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले १ गोल फर्काए ।

आइतबार राति लेष्टर सिटीले वाट्फोर्डलाई ४-२ अन्तरले हराउदा ब्रेन्टफोर्डले एभर्टनलाई १-० अन्तरले हरायो । जितसँगै सिटी दोस्रो २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । सिटीभन्दा एक अंक कम लिभरपुल तेस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : ५२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज