२० बैशाख २०८१, बिहिबार | May 2, 2024

मनाङमा हिमपातबाट जोगिन पूर्वतयारी



लमजुङ । मंसिरको सुरुवातसँगै हिमाली जिल्ला मनाङमा पनि चिसो बढ्न थालेको छ । प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ ।

विशेषगरी हरेक वर्ष मंसिर, पुस र माघ महिनामा यहाँ बढी जाडो हुन्छ । यस समयमा जिल्लाका विभिन्न ठाउँमा हिउँ पर्छ । मनाङमा अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुन थालेको छ ।

यसैलाई मध्येनजर राख्दै जिल्ला प्रशासन कार्यालय मनाङले हिमपातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि मनाङमा पूर्वतयारी सुरु गरेको छ ।

हिमपातले हुन सक्ने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय मनाङले पूर्वतयारीको योजना बनाएको छ । हिमपातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए ।

‘हिमपातबाट प्रभावित हुन सक्ने जिल्लाका चार गाउँपालिकाको सम्भावित स्थान पहिचान गरेका छौँ,’ आचार्यले भने, ‘हिमपातबाट जिल्लामा विभिन्न समस्या आउन सक्छन् त्यस्तो अवस्थामा थप कार्यायोजना बनाएर अघि बढेका छौँ ।’

चिसो तथा हिमपातबाट मनाङको माथिल्लो मनाङ, टंकी मनाङ, खाङ्सार, हुम्डे, पिसाङ, नार, फू , ढिकुरपोखरी चामेदेखि तल्लो भाग तिमाङ, दानक्यु र बगरछाप लगायत क्षेत्र हिमपातका कारण बढी प्रभावित हुन सक्ने स्थानीय प्रशासनको अनुमान छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : ३५ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा