२२ असार २०८३, सोमबार | July 6, 2026

कांग्रेस अधिवेशन : बलरामा फेरी झडप, मतदान अधिकृत सहित ५ घाइते



सर्लाही । सर्लाहीको बलरा नगरपालिका स्थित गडहियामा मतदान अधिकृत नियन्त्रणमा लिन खोज्दा झडप भएको छ ।

झडपको स्थिती सृजना भएपछि बलरामा सोमवार दिउसो पुनः गोली चलेको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले तिन सेल अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । घटनामा ३ जना सुरक्षाकर्मी, एक जना मतदान अधिकृत र एक कांग्रेस कार्यकर्ता घाईते भएका प्रहरी प्रवक्ता डीएसपी बुढाथोकीले पुष्टि गरे । घाईते हुनेमा प्रहरी निरिक्षक सुरेश ठाकुर, अन्य दुईजना सुरक्षाकर्मीको विवरण खुलेको छैन् ।

यस्तै झडपमा बलरा नगरपालिका–८, अचलगडमा मतदान अधिकृतको रुपमा खटिएका उमेश चन्द्र झा र अर्का एक जना नाम ठेगाना नखुलेका कांग्रेस कार्यकर्ता रहेको प्रहरीले जनाएको हो । उनीहरु मध्य मतदान अधिकृतको झाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था सामान्य छ । उनीहरुलाई प्रहरीले स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल मलंगवामा पठाएको छ ।

आइतवार स्थगित भएको वडा अधिवेशन मतदान प्रकृयाबाट गर्ने तयारी भईरहदा, दुई पक्ष विच फरक फरक ठाउँमा गर्ने प्रस्थाव आएको थियो । सोही क्रममा कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य समेत रहेका अम्रेस सिहं पक्षका कार्यकर्ताले मतदान अधिकृतलाई वडा सभापतिको घर लैजान खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले आईतवार अधिवेशन प्रकृया सुरु भएको स्थानमा मतदान गराउने प्रयास गरेकोे थियो ।

घटना लगतै घाईतेहरु जिल्ला बाहिर रौतहट र भारतको विभिन्न अस्पतालहरुमा समेत पु¥यार्ईएको स्थानीयको भनाई छ । यस कारण प्रारम्भिक विवरणबाट ५ जना खुले पनि, घटनामा अन्य थप घाईते भएको काँग्रेस नेता अम्रेस सिहं पक्षको दावी छ । यता प्रहरीले समेत के कती घाईते भए भन्ने अहिले सम्म एकिन गर्न नसकेको जनाएको छ । आफुहरु समेत घटना स्थलमा रहेकोले घाईतेहरुको संख्या र उनीहरुको अवस्था समेत थाहा हुन नसकेको बताए ।

उक्त स्थानका आईतवार मात्र विवाद हुदा प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिहंका निजी सुरक्षागार्डले गोली चलाएका थिए । सोही क्रममा मन्त्रीका निजी सुरक्षागार्ड र अर्का एक सहयोगि घाईते समेत भएका थिए । लगतै बलरा नगरपालिका वडा नम्बर ८ र ९ मा अधिवेशन स्थगित गरिएको थियो । सोमवार पुनः मतदानको तयारी भईरहेको अवस्था झडपको अवस्था सृजना भएको हो ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अम्रेस कुमार सिहं र प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिहं विच कडा टक्राव रहदै आएको छ । एउटै पार्टीका दुई नेता विचको लडाईका कारण उक्त क्षेत्र अशान्त रहने गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : ५४ बजे

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज