४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले महाधिवेशन : अन्तिम नामावली सार्वजनिक, यी हुन् ओली लिष्टका बागी उम्मेदवार



चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

सोमबार राती १० बजेपछि नामावली सार्वजनिक गरिएको हो । नामावली सूचीअनुसार तीन पदाधिकारी पदमा चुनाव हुने भएको छ ।

अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की अध्यक्षको ओलीको लिष्टमा बागी उम्मेदवार बनेका छन् ।

त्यसैगरी भुगोल विधाको प्रदेश १ अन्तर्गत खुला र महिलामा १र१ जना, सुदूरपश्चिममा महिलातर्फ २ जना, दलितमा खुलातर्फ १ जना, थारू खुलातर्फ १ जना, पिछडिएको क्षेत्र खुलातर्फ १ जना र समग्र खुला क्षेत्रअन्तर्गत खुलातर्फ १ जनाले सर्वसम्मत नेतृत्व चयनमा चुनौती दिएका छन् ।

१० पदमा १२ जनाले उम्मेदवारी दिँदै कमिटी सर्वसम्मत बनाउने वर्तमान अध्यक्ष केपी शर्मा ओलीको प्रयासमा ब्रेक लगाएका छन् । यसअघि विधागत गरी प्रारम्भिक नामावलीमा ५० पदमा उम्मेदवारी परेकोमा अन्तिम नामावलीमा १० पदमा उम्मेदवार बाँकी रहेका छन् । अरुले फिर्ता लिएका छन् ।

नेतृत्वसहित पदाधिकारी चयनका लागि राति २ बजेपछि मतदान सुरु हुनेछ ।

पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपसचिव भने सर्वसम्मत भएको छ । त्यसैगरी भुगोलमा केही प्रदेश, जनवर्गीय संगठन पनि सर्वसम्मत चयन भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको