२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सप्तरीको गजेन्द्रनारायण अस्पतालमा तीन महिनादेखि अक्सिजन प्लान्ट अलपत्र



सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तीन महिनादेखि अक्सिजन प्लान्ट अलपत्र परेको छ । कोरोना महामारीको दोस्रो लहरमा बिरामीलाई अक्सिजन अभाव भएपछि स्वास्थ्य मन्त्रालयले अस्पताललाई तीन महिनाअघि प्लान्ट दिएको थियो । तर, अस्पतालले प्लान्ट स्थापनामा चासो नदिँदा अलपत्र परेको हो ।

यो प्लान्टले दैनिक दुई सय वटासम्म सिलिण्डर भर्ने क्षमता राख्छ । स्थानीय युवा नेता तुला माझीका अनुसार प्लान्ट ल्याएर जहाँ राखेको थियो त्यहीँ थन्किएको छ। कोरोनाको दोस्रो लहरमा अक्सिजन अभावले बिरामी मर्न थालेपछि अक्सिजन प्लान्ट स्थापना गर्ने योजनासँगै यी सामग्री ल्याइएको हो ।

अक्सिजन प्लान्ट स्थापनाका लागि सामग्री ल्याउने बित्तिकै अस्पतालका मेसु रंजित झाले सेड तयार भइरहेको र ग्राउण्ड ढलान मात्रै बाँकी रहेको बताएका थिए। डा। झाले भनेका थिए,‘अक्सिजन अभावमा कोरोनाको दोस्रो लहरमा संक्रमितले ज्यान गुमाउँनु परेको पीडा अब भोग्नु पर्दैन्।’ तर अहिलेसम्म पनि प्लान्ट जडान हुन नसकेको स्थानीय आयुश श्रेष्ठले बताए । उनले भने, ‘यस्तै ढिला सुस्ती भइरहयो भने ६ महिनामा पनि जडान हुने सम्भावना देखिँदैन् ।’

अस्पताल प्रशासनले भने अबको एक सातामै प्लान्ट जडान हुने जनाएको छ । त्यसका लागि भौतिक निर्माण पूरा भइसकेको प्रशासनको भनाइ छ । अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि सप्तरीसहित छिमेकी जिल्लाका अस्पतालहरूमा अक्सिजन आपूर्ति सहज हुने विश्वास छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १२ : ४८ बजे

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला