६ श्रावण २०८३, बुधबार | July 23, 2026

कांग्रेस १४ औं अधिवेशन : लुम्बिनी प्रदेशमा भरत साह र अमर पुन भिड्दै



बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको नेतृत्वका लागि दुई पक्षबीच चुनावी भिडन्त हुने भएको छ । बिहीबारदेखि सुरू हुने लुम्बिनी प्रदेशको अधिवेशनमा सभापतिका लागि संस्थापन र संस्थापनइतर समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । लुम्बिनी प्रदेशका जिल्ला अधिवेशनहरूमा भने पौडेल पक्षले अधिकांश सभापति जितेको छ ।

नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, रोल्पा र रुकुम पूर्वमा पौडेल पक्षले सभापति जितेको थियो । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको थियो । बाँकेमा अझै अधिवेशन भएको छैन ।

का‌ंग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि प्रतिनिधिसभाका सांसदसमेत रहेका भरतकुमार शाह र संविधानसभा सदस्य अमर पुनबीच प्रतिस्पर्धा हुने देखिएको हो । संसदको सार्वजनिक लेखा समितिका सभापति रहेका शाह देउवा पक्षबाट र पुन रामचन्द्र पौडेल पक्षबाट सभापतिमा उम्मेदवारी दिन लागेका हुन् ।

शाहले आफ्नो जित निश्चित रहेको बताए । पार्टीमा लामो समय काम गरेको र इमान्दारीपूर्वक काममा खटिएकाले कार्यकर्ताले आफ्नो निष्ठा र इमान्दारितामा विश्वास गर्ने शाहले बताए ।

उता, अर्का उम्मेद्वार पुनले पनि आफ्नो जित निश्चित रहेको दाबी गरे । आफूले जिते रोल्पा, रुकुम जस्ता संगठन कमजोर भएका जिल्लामा पार्टीको संगठनलाई मजबूत बनाउने पनि उनले बताए ।

प्रदेश अधिवेशनका लागि १६ मंसिरमा मतदाता नामावली प्रकाशन, १७ गते उम्मेदवारी दर्ता र १८ र १९ गते प्रदेशको अधिवेशन तोकिएको छ । प्रदेशको महामन्त्री पदमा भने भुवन श्रेष्ठ र विष्णु मुस्कानले उम्मेदवारी दिने तयारी गरेका छन् । श्रेष्ठ गुल्मी कांग्रेसका निवर्तमान सभापति हुन् भने मुस्कान अर्घाखाँचीका निवर्तमान सभापति हुन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ०९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क