६ पुस २०८२, आइतबार | December 21, 2025

हलेसी मेलामा तुवाचुङ नगरपालिकाले दियो सार्वजनिक बिदा



खोटाङ । बालाचतुर्दशी मेलाका अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्षित गरी नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

स्थानीय बासिन्दा बालाचतुर्दशी मेला दर्शन गर्न जाने भएकाले बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीकिरण आचार्यले जानकारी दिए ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा लाग्ने मेलालाई बृहत् बनाउन नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

बालाचतुर्दर्शीको अवसरमा बिहीबारदेखि हलेसीमा ठूलो मेला सुरु भएको हो । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि दर्शनार्थीको बाक्लो भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : ०६ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र