१ पुस २०८२, मंगलबार | December 16, 2025

साइकल सिटि बुटवलको आयोजनामा ‘लुम्बिनी सम्पदा साइकल राइड-२०७८’ हुदै



बुटवल । साइकल सिटि बुटवलको आयोजनामा लुम्बिनी क्षेत्रसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नेगरी ‘लुम्बिनी सम्पदा साइकल राइड-२०७८’को आयोजना हुने भएको छ । ‘हाम्रो सम्पदा, हाम्रो गौरव’-भन्ने मूल नाराका साथ पौष २ र ३ गते साइकल यात्रा हुने भएको हो ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साइकल सिटीका अध्यक्ष विनोद कार्कीले कार्यक्रमबारे जानकारी दिन जानकारी दिए ।

विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितीमा २ दिनसम्म हुने साइकल यात्रामा लुम्बिनी क्षेत्रसँग जोडिएका देवदह, रामग्राम, कपिलवस्तु, सैनामैना, तिलोत्तमा लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने उनले बताए ।

यात्रामा देशभरका करीब १५० बढी साइकल यात्री सहभागी हुने छन् भने उनीहरुलाई बस्ने खाने व्यवस्थाका लागि विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी उनले बताए ।

कार्यक्रम संयोजक बिमल बस्नेतका अनुसार लुम्बिनी प्रदेशभित्रका विभिन्न जिल्लाबाट ५० तथा अन्य जिल्लाहरुबाट सय बढी यात्रीहरु सहभागी हुने प्रतियोगितामा पुरुषहरुका लागि १५०० तथा महिला र बालबालिकाहरुका लागि ११०० सय प्रवेश शुल्क लाग्नेगरी दर्ता सुरु भइसकेको छ ।

बुटवलको जितगढी किल्लाबाट सुरु हुने साइकल यात्रा सम्पन्न गर्नका लागि १२ लाख बढी खर्च अनुमान गरिएको छ । बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, देवदह नगरापलिका तथा सैनामैना नगरपालिकाको समेत सहयोग रहेको कार्यक्रमबाट यहाँको धार्मिक तथा पर्यटकी क्षेत्रको बारेमा प्रचारप्रसार तथा प्रवद्र्धन गरी पर्यटकीय विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

स्वास्थ्य र वातावरणका लागि साइकल यात्रा गर्नु पर्ने सचेतना फैलाउन समेत यो कार्यक्रमले सहयोग गर्ने क्लबका सचिव मनि विश्वकर्माले उल्लेख गरे ।

क्लबले आगामी वर्षमा साइकल यात्राको कार्यक्रमलाई थप बृहत बनाई यो वर्ष तय गरिएका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु बाहेक अन्य स्थलहरुमा समेत पुग्ने गरी अहिलेदेखि नै कार्यक्रम योजना भइरहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ३१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज