९ भदौ २०८३, मंगलबार | August 26, 2026

साइकल सिटि बुटवलको आयोजनामा ‘लुम्बिनी सम्पदा साइकल राइड-२०७८’ हुदै



बुटवल । साइकल सिटि बुटवलको आयोजनामा लुम्बिनी क्षेत्रसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नेगरी ‘लुम्बिनी सम्पदा साइकल राइड-२०७८’को आयोजना हुने भएको छ । ‘हाम्रो सम्पदा, हाम्रो गौरव’-भन्ने मूल नाराका साथ पौष २ र ३ गते साइकल यात्रा हुने भएको हो ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साइकल सिटीका अध्यक्ष विनोद कार्कीले कार्यक्रमबारे जानकारी दिन जानकारी दिए ।

विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितीमा २ दिनसम्म हुने साइकल यात्रामा लुम्बिनी क्षेत्रसँग जोडिएका देवदह, रामग्राम, कपिलवस्तु, सैनामैना, तिलोत्तमा लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने उनले बताए ।

यात्रामा देशभरका करीब १५० बढी साइकल यात्री सहभागी हुने छन् भने उनीहरुलाई बस्ने खाने व्यवस्थाका लागि विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी उनले बताए ।

कार्यक्रम संयोजक बिमल बस्नेतका अनुसार लुम्बिनी प्रदेशभित्रका विभिन्न जिल्लाबाट ५० तथा अन्य जिल्लाहरुबाट सय बढी यात्रीहरु सहभागी हुने प्रतियोगितामा पुरुषहरुका लागि १५०० तथा महिला र बालबालिकाहरुका लागि ११०० सय प्रवेश शुल्क लाग्नेगरी दर्ता सुरु भइसकेको छ ।

बुटवलको जितगढी किल्लाबाट सुरु हुने साइकल यात्रा सम्पन्न गर्नका लागि १२ लाख बढी खर्च अनुमान गरिएको छ । बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, देवदह नगरापलिका तथा सैनामैना नगरपालिकाको समेत सहयोग रहेको कार्यक्रमबाट यहाँको धार्मिक तथा पर्यटकी क्षेत्रको बारेमा प्रचारप्रसार तथा प्रवद्र्धन गरी पर्यटकीय विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

स्वास्थ्य र वातावरणका लागि साइकल यात्रा गर्नु पर्ने सचेतना फैलाउन समेत यो कार्यक्रमले सहयोग गर्ने क्लबका सचिव मनि विश्वकर्माले उल्लेख गरे ।

क्लबले आगामी वर्षमा साइकल यात्राको कार्यक्रमलाई थप बृहत बनाई यो वर्ष तय गरिएका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु बाहेक अन्य स्थलहरुमा समेत पुग्ने गरी अहिलेदेखि नै कार्यक्रम योजना भइरहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ३१ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त