४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेस १४ औं महाधिवेशन : लुम्बिनी प्रदेशमा १६७० मतदातामा १६३१ मत खस्यो



बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश समितिका लागि आज बिहानबाट सुरु भएको मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान ११ बजेबाट सुरु भएको मतदान बेलुका ६ बजे सम्पन्न भएको हो ।

कुल १ हजार ६ सय ७० मतदाता मध्ये १ हजार ६ सय ३१ मत खसेको निर्वाचन समितिले जनाएको छ । भैरहवास्थित महेन्द्र सभागृहमा सम्पन्न मतदानमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल सहितचुनावी मैदानमा होमिएका थिए।

संस्थापन पक्षबाट भरतकुमार शाहको नेतृत्वमा प्यानल र संस्थापनइतरबाट रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल चुनावी मैदानमा छ । बिहान ११ बजे गृहमन्त्री बालकृष्ण खाणले मत खसालेर मतदानको सुरुवात गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको