७ श्रावण २०८३, बिहिबार | July 23, 2026

भारतमा चौथो व्यक्तिमा पनि देखियो ओमिक्रोन



नयाँ दिल्ली । भारतमा अर्को एक जनामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्रोन देखिएको हो ।

उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ । पेसाले समुद्री इन्जियर ती व्यक्तिले कोभिडको दुबै खोप लगाएका थिए ।

मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वरो देखिएको थियो । उनको मुम्बईस्थित कोभिड केयर सेन्टरमा उपचार भइरहेको छ ।

उनको सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरुको पनि कोभिड परीक्षण गरिएको छ । उनीहरु सबैको नेगेटिभ रिपोर्ट आएको प्राप्त समाचारमा जनाइएको छ । यसअघि जाम्बियाबाट फर्किएका एक व्यक्तिमा पनि ‌ओमिक्रोन भेरयन्ट देखिएको थियो ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : ५५ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट