३ पुस २०८२, बिहिबार | December 19, 2025

लिङ्देनको शपथ ग्रहण कमल थापाद्वारा बहिस्कार



काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई यो समाचार तयार पर्दासम्म थापा अनुपस्थित भएका छन् ।

कार्यक्रमबारे उहाँ (कमल थापा)लाई पनि जानकारी गराइएको थियो । तर, उहाँ आउनु भएको छैन’, राप्रपा नेता तथा अधिवक्ता सुजित केसीले भने, ‘उहाँ आउनुहुन्न कि जस्तो लाग्यो । कार्यक्रम भइरहेको छ । अहिलेसम्म आउनु भएको छैन ।’

लिङ्देनको विजयमा पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरिरहेका थापा कार्यक्रममा सहभागी नभएका हुन् ।

थापा अनुपस्थित भए पनि बाँकी निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा अध्यक्ष लिङ्देनसहित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण गराइएको थियो । कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

अध्यक्षले लिएपछि बाँकी पदाधिकारीले पनि शपथ लिएका छन् । उनीहरूले पनि संयोजक बस्नेतबाट शपथ लिएका हुन् । पार्टी, देश र ईश्वरको नाममा उनीहरूले शपथ लिएका हुन् ।

नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ४ : ०८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको