६ श्रावण २०८३, बुधबार | July 23, 2026

अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

नायब सुब्बा ९नासु० पोखरेलले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत बनाउन आएका सेवाग्राहीलाई अनलाइन फर्म भर्न बिचौलियासम्म जान बाध्य बनाउने गरेको पाइएको आयोगले जनाएको छ । नासु पोखरेलले खेमप्रसाद काफ्लेमार्फत घुस लिने गरेको अनुसन्धानबाट खुलेपछि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

साथै वैदेशिक रोजगारमा आउनेसँग बिचौलियाको काम गर्दै आएका खेमप्रसाद काफ्ले राजेश पोखरेलले प्रतिव्यक्ति २१ हजार २ सय ९२ रुपैयाँ लिने गरेको र सो रकमबाट नासु पोखरेललाई ८ हजार दिने गरेको भेटिएपछि आयोगले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

आयोगको अनुसन्धानमा घुस लिएको प्रमाणित भएपछि सोमबार विशेष अदालतमा मुद्दा दायर भएको जनाएको छ । नासु पोखरेललाई ८ हजार बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम भ्रष्टाचार मुद्दा दायर गरिएको छ । त्यस्तै, बिचौलियाको भूमिका निर्वाह गर्दै आएका देखिएको खेमप्रसाद काफ्ले र राजेश पोखरेललाई १३ हजार २ सय ९२ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

यस्तै, अख्तियारले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि दमाई, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंहविरुद्ध १८ लाख ७७ हजार रुपैयाँबराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको छ ।

सोही उपभोक्ता समितिका सदस्य रणबहादुर बडुवालविरुद्ध ५ लाख ५० हजार र अर्का सदस्य भरतबहादुर शाहीविरुद्ध १ लाख ५० हजार, सो वन समूहका उपभोक्ता प्रेमबहादुर सिञ्जापतिविरुद्ध पनि ८ लाख ८७ हजारबराबरको बिगो भराउन माग गरिएको छ ।

यसैगरी, उपभोक्ता हस्तनादेवी शाहीविरुद्ध १ लाख १५ हजार र अशोक सिंहविरुद्ध २५ हजारबराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : ५६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क