२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

काठमाडौं र ललितपुरका कांग्रेस सभापतिलाई दायाँ–बायाँ राखेर प्रकाशमानले खोले सम्पर्क कार्यालय



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री सिंहले मंगलबार सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन् ।

उद्घाटन कार्यक्रममा काठमाडौं कांग्रेस सभापति कृष्णसबुज बानियाँ र ललितपुर सभापति जितेन्द्र श्रेष्ठ नेता सिंहको दायाँ(बायाँ राखेर थिए । साथमा कांग्रेस केन्द्रीय सदस्य राजन केसी र काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलगायतको उपस्थिति थियो । ललितपुर कांग्रेसका सभापति केही दिनअघि मात्र संस्थापन पक्षको सहयोगमा विजयी भएका थिए ।

नेता सिंहले अब कार्यालयमा नेता तथा कार्यकर्तालाई भेटघाट गर्नेछन् । कांग्रेसको संस्थापन इतरमा साझा सभापतिको घोषणा गर्ने तयारी भइरहेका बेला सिंहले सम्पर्क कार्यालय खोल्नुलाई अर्थपूर्ण मानिएको छ । सभापतिका लागि कति तयारी गरेको भन्ने यहीँबाट बुझ्नुपर्ने नेता सिंहले बताए । सहमतिबाट उम्मेदवार तय गर्न आज इतर समूहको केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ११ : १८ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३