१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

एकीकृत समाजवादीकै नेतृत्वमा लालपूर्जा बाँडिन्छ : डा.चापागाई



बुटवल । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले भूमिहिन, सुकुम्बासीहरुको समस्या समाधान गठबन्धनको सरकारले गर्ने बताएका छन । नेकपा एकिकृत समाजवादी पार्टी निकटको नेपाल भूमिहिन तथा सुकुम्बासी संगठन रुपन्देहीको भेलालाई सम्बोधन गर्दै डा. चापागाईले एकीकृत समाजवादी सहितको सरकारले नै भूमिहिनहरुको समस्या समाधान गर्न सक्ने बताएका हुन् ।

यसअघिको एमालेको नेतृत्व भूमिहिनहरुको बिषयमा अनुदार बनेकै कारण साँढे ३ बर्ष सरकारमा भएर पनि भूमिहिन सुकुम्बासीहरुको समस्या समाधान नभएको उनले आरोप लगाए । उनले एकिकृत समाजवादी पार्टीकै नेतृत्वमा भूमिहिनहरुले लालपूर्जा पाउने समेत बताए ।

भेलामा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले आफूहरुले कसैको भावनामाथी खेलेर झुक्याउने पार्टी नभएको बताए । उनले यसअघि बुटवलमा विष्णु पौडेलले लालपूर्जा दिन्छु भनेर चुनावमा गएपनि त्यो काम नगरेको भन्दै यो सरकारले भूमिहिनहरुलाई लालपूर्जा दिने तर त्यसका लागि शर्त अघि नसार्ने बताए । ‘सबै पार्टीका जनताले लालपूर्जा पाउछन् तर, त्यसवापत भोट दिनुपर्छ भनेर हामी शर्त राख्दैनौं’ उनले भने ।

भेलालाई अर्का केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज सिद्धिचरण भट्टराईले साँढे ३ वर्षसम्म ओली नेतृत्वको सरकारले केहि पनि काम नगरेको टिप्पणी गरे । उनले काम गर्न आफूहरुसँग पर्याप्त समय रहेको बताए ।

 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : ४३ बजे

दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र

तनहुँ । राष्ट्रिय परिचयपत्र लिने मानिस नआउँदा १४ हजार थान

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी

कर्णालीको सरकार बिस्तार, को को बने मन्त्री ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार बिस्तार गरेका छन्

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले