२९ मंसिर २०८२, सोमबार | December 16, 2025

पूर्वी यूरोपमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै



एजेन्सी । पूर्वी यूरोपमा कोभिड संक्रमितको संख्या निरन्तर बढिरहेको छ । यहाँ संक्रमितको संख्या दुई करोड नाघ्ने अनुमान गरिएको छ । पूर्वी युरोपको जनसंख्या विश्वको कूल जनसंख्याको ४ प्रतिशत मात्र भए पनि विश्वभरका संक्रमितमध्ये २० प्रतिशत संक्रमित यहाँ छन् ।

पूर्वी युरोपका तीन देशहरु रसिया, युक्रेन र रोमानियामा संक्रमितको संख्या उच्च छ । युक्रेनमा जम्मा १९ प्रतिशतले खोप लगाएका छन् । पूर्वी युरोपमा प्रतिबन्ध खुकुलो पारेसँगै घरभित्रका समाजिक जमघट बढ्दा संक्रमितको सख्ंया पनि बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । बुलगेरियाको राजधानी सोफियामा र अन्य सहरमा खोप अनिवार्य गरिएको छ ।

पूर्वी युरोपमा सबैभन्दा बढी रसियामा संक्रमित देखिएका छन् । रसियामा हरेक पाँच मिनेटमा १२० जनामा कोरोना पोजेटिभ देखिएको छ । रसियामा आधा भन्दा थोरै मानिसले खोप लगाएका छन् । खोपप्रतिको अविश्वासका कारण धेरैले खोप नलगाएका हुन् ।

पूर्वी युरोपमा खोप नलगाउने जमात पनि बढ्दो छ । सबैभन्दा धेरै हंगेरीका मानिसहरुले खोप लगाउन अनिच्छा देखाएका छन् । हंगेरीमा जम्मा ६२ प्रतिशतले पहिलो डोज लगाएका छन् । युरोपेली देशमा नयाँ संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । यहाँ औषतमा देनिक ८३ हजार नयाँ संक्रमित भेटिएका छन् ।

यसैबीच, युरोपेली युनियनका तीनमध्ये एउटा देशका बासिन्दा त्यहाँको स्वास्थ्य उपचार प्रणालीप्रति विश्वास नगर्ने युरोपेली आयोगले गरेको एउटा सर्बेक्षणमा जनाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : २५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको