३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

भारतीय रक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना



काठमाडौं । भारतीय रक्षा प्रमुख [चीफ डिफेन्स स्टाफ] विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सीरीज हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।

घटनास्थलबाट तीन जनाको उद्धार गरेर अस्पताल लगिएको छ । केही शव जलेको अवस्था फेला परेको र अन्यको खोजी कार्य चलिरहेको छ । उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका छन् । दुर्घटनामा परेका रक्षा प्रमुख रावतको अवस्था अज्ञात छ ।

इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ३ : ४२ बजे

पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो

काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ

आज २६३ औँ सेना दिवस मनाइँदै

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज

आज महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन

निर्वाचन आउन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम