२२ बैशाख २०८१, शनिबार | May 4, 2024

…त्यसपछि झोक्किँदै रामचन्द्रले भने – पार्टीबाटै अलग हुन्छु, घरमै बस्छु



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैले सभापतिमा दाबी नछाड्ने हो भने आफू राजनीतिबाट अलग हुने बताएका छन् ।

बुधबार नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा साझा उम्मेदवार चयनका लागि बसेको संस्थापन इतकरको बैठकमा सभापतिका आकांक्षी सबैले अडान कायम राखेपछि वरिष्ठ नेता पौडेलले आफू राजनीतिबाट अलगिएर आराम गर्ने बताए ।

पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको भएपनि नेताहरु शेखर कोइराला तथा प्रकाशमान सिंहले दाबी नछाडेपछि पौडेलले यस्तो बताएको बैठकपछि नेता रामशरण महतले जानकारी दिए ।

नेता पौडेलले अरु सबै एक भए आफू त्याग गर्न तयार रहेको बताउँदै नभए आफूलाई सभापति छाड्नु पर्ने बताएका थिए।

‘रामचन्द्रजीले पनि मलाई सहयोग गर्नुस् भन्नुभयो। प्रकाशमानजीले पनि म पनि लड्छु भन्नुभएको छ। शेखरजी पनि लड्ने भन्नुभएको छ’, बैठकपछि महतले भने ।

पौडेलले सबै लड्ने भए आफू राजनीतिबाट बिदा लिने बताएको महतले उल्लेख गरे । ‘सबै लड्ने भए म राजनीतिबाट बिदा हुन्छु, आराम गर्छु। पार्टीबाटै अलग हुन्छु’, बैठकमा पौडेलको भनाइ उदृत गर्दै महतले भने ।

संस्थापन इतरबाट आज सभापतिको साझा उम्मेदवार चयन गर्ने भनिएको भए पनि नेताहरुबीच सहमति जुट्न नसक्दा पुन: भोलि विहान आकांक्षी बाहेकको बैठक बस्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ०० बजे

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको