१ कार्तिक २०८३, शनिबार | October 17, 2026

…त्यसपछि झोक्किँदै रामचन्द्रले भने – पार्टीबाटै अलग हुन्छु, घरमै बस्छु



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैले सभापतिमा दाबी नछाड्ने हो भने आफू राजनीतिबाट अलग हुने बताएका छन् ।

बुधबार नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा साझा उम्मेदवार चयनका लागि बसेको संस्थापन इतकरको बैठकमा सभापतिका आकांक्षी सबैले अडान कायम राखेपछि वरिष्ठ नेता पौडेलले आफू राजनीतिबाट अलगिएर आराम गर्ने बताए ।

पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको भएपनि नेताहरु शेखर कोइराला तथा प्रकाशमान सिंहले दाबी नछाडेपछि पौडेलले यस्तो बताएको बैठकपछि नेता रामशरण महतले जानकारी दिए ।

नेता पौडेलले अरु सबै एक भए आफू त्याग गर्न तयार रहेको बताउँदै नभए आफूलाई सभापति छाड्नु पर्ने बताएका थिए।

‘रामचन्द्रजीले पनि मलाई सहयोग गर्नुस् भन्नुभयो। प्रकाशमानजीले पनि म पनि लड्छु भन्नुभएको छ। शेखरजी पनि लड्ने भन्नुभएको छ’, बैठकपछि महतले भने ।

पौडेलले सबै लड्ने भए आफू राजनीतिबाट बिदा लिने बताएको महतले उल्लेख गरे । ‘सबै लड्ने भए म राजनीतिबाट बिदा हुन्छु, आराम गर्छु। पार्टीबाटै अलग हुन्छु’, बैठकमा पौडेलको भनाइ उदृत गर्दै महतले भने ।

संस्थापन इतरबाट आज सभापतिको साझा उम्मेदवार चयन गर्ने भनिएको भए पनि नेताहरुबीच सहमति जुट्न नसक्दा पुन: भोलि विहान आकांक्षी बाहेकको बैठक बस्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ०० बजे

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ

आजको मौसम : आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली तथा पहाडी