१५ बैशाख २०८१, शनिबार | April 28, 2024

कांग्रेस १४ औं महाधिवेशन : सहमहामन्त्रीको आठ पद, ३३ आकांक्षी



नेपाली कांग्रेसको १४ औं महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दै छ । विधानअनुसार कुल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी भने मनोनीत हुने व्यवस्था विधानमा छ ।

कांग्रेसको यो महाधिवेशनलाई संघीय संरचनाअनुसारको नेतृत्व चयनका हिसाबबाट पनि महत्वपूर्ण रूपमा हेरिएको छ । कांग्रेस विधानमा एक निर्वाचित सभापति, दुई जना निर्वाचित उपसभापति, सोही संख्यामा निर्वाचित महामन्त्री र संविधानले व्यवस्था गरेको क्लस्टरअनुसार आठ जना सहमहामन्त्री निर्वाचनमार्फत पदाधिकारीमा चयन हुनेछन् ।

कांग्रेस विधानअनुसार सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको र केन्द्रीय महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ । यस्तै, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेको र महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ ।

कांग्रेस विधानमा भएको व्यवस्थाअनुसार अब बन्ने केन्द्रीय समितिमा सहमहामन्त्री आठ जना हुनेछन् । महिला महाधिवेशन प्रतिनिधिमध्येबाट एक, आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिमध्येबाट एक, दलितबाट एक, मधेसीबाट एक, खसआर्यबाट एक, थारुबाट एक, मुस्लिमबाट एक र पिछडिएको क्षेत्रबाट एक जना गरी कांग्रेस केन्द्रीय समितिमा आठ जना सहमहामन्त्रीको व्यवस्था विधानमा छ ।

संविधानले तोकेका यी विभिन्न क्लस्टरअनुसार कांग्रेस सहमहामन्त्रीका लागि अहिलेसम्म ३३ जनाले आकांक्षा देखाएका छन् ।

सहमहामन्त्रीमा इच्छा राख्नेमा महिला कोटातर्फ कांग्रेसको संस्थापन समूहतर्फबाट चित्रलेखा यादव, पुष्पा भुषाल, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय डीना छन् । संस्थापन इतर समूहबाट सरिता प्रसाईं र कमला पन्तको इच्छा छ ।

यसैगरी, आदिवासी जनजातितर्फ एक पदका लागि संस्थापन समूहबाट सीता गुरुङ र भीष्मराज आङ्दम्बेले इच्छा देखाएका छन् भने इतर समूहबाट धनराज गुरुङ र विकास लामा अघि बढेका छन् ।

यस्तै, दलिततर्फ एक पदमा संस्थापन समूहबाट मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्मा तथा इतरबाट जीवन परियार अघि सरेका छन् ।

यसैगरी, मधेसीतर्फबाट संस्थापनबाट जीतेन्द्र देव, अजय चौरासिया र महेन्द्र यादव तथा इतरबाट रञ्जित कर्ण र रामकृष्ण यादवको चर्चा छ । यसअघि चर्चामा रहेका अमरेशकुमार सिंह भने सर्लाहीबाट महाधिवेशन प्रतिनिधिमा नै पराजित भइसकेका छन् ।

यस्तै खस आर्यतर्फ एक सहमहामन्त्री पदका लागि संस्थापन समूहबाट रमेश रिजाल, मोहनबहादुर बस्नेत, किशोर सिंह राठौरले लबिङ थालेका छन् भने इतर समूहबाट दिलेन्द्रप्रसाद बडु र दीपक गिरीको चर्चा छ । बडु हाल सरकारमा कानुन मन्त्रीसमेत छन् । यस्तै, शिवप्रसाद हुमागाईंले पनि दाबी गरिरहेका छन् । उनी कांग्रेसभित्र कृष्णप्रसाद सिटौला समूहमा छन् ।

यसैगरी, थारु क्लस्टरतर्फ एक सहमहामन्त्री पदका लागि संस्थापन समूहबाट योगेन्द्र चौधरी र रामजनम चौधरी तथा इतरतर्फबाट उमाकान्त चौधरी र तेजुलाल चौधरीको चर्चा छ । उमाकान्त कृष्णप्रसाद सिटौलानिकट हुन् । उनी हाल सरकारमा खानेपानी मन्त्रीसमेत छन् ।

यस्तै, मुस्लिम कोटातर्फबाट संस्थापन समूहबाट फरमुल्लाह मन्सुर अघि बढेका छन् भने संस्थापन समूहमा नै रहेका अतहर कमाल मुसलमानलाई इतर समूहले उम्मेदवार बनाउन चाहेको छ ।

यसैगरी, पिछडिएको क्षेत्रबाट एक पदका लागि संस्थापन समूहबाट जीवनबहादुर शाही अघि बढेका छन् भने इतर समूहबाट बद्री पाण्डेले उम्मेदवारी घोषणा गरिसकेका छन् । शाही भने हाल कर्णाली प्रदेशको मुख्यमन्त्री छन् ।

कांग्रेसको संस्थापन र इतर दुवै समूहले कसलाई कुन पदमा उम्मेदवार बनाउने भन्ने तय गरिसकेको छैन । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ७ : ०२ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म