१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोरोना महामारीमै अन्नपूर्ण पदमार्गमा साढे दुई करोड लगानीमा होटेल निर्माण



लमजुङ । अन्नपूर्ण पदमार्गमा साढे दुई करोड लगानीमा होटेल निर्माण गरिएको छ । कोरोना महामारीलाई अवसरको रुपमा लिँदै पदमार्गअन्तर्गत मर्स्याङदी गाउँपालिका-४ स्याँगेमा नरबहादुर गुरुङले न्यु वाटरफल गेस्टहाउस एन्ड रेस्टुरेन्ट नामक होटेल दुई करोड ५० लाख लगानीमा निर्माण गरेका हुन् ।

उनले भने, ‘सुविधासम्पन्न होटेल सञ्चालनमा आएसँगै अन्नपूर्ण पदमार्गका लागि आउने पर्यटक एक दिन होटेलमा बसेर घेर्मुको रकगार्डेन हेरेर मनाङ जानेछन् यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनेछ ।’

होटेलमा २९ वटा सुविधासम्पन्न कोठा छन् । गुरुङले पहिले १९ वटा कोठा निर्माण गरेका थिए भने थप नौ गरी २८ वटा कोठा पाहुनाका लागि तयारी अवस्थामा छन् ।

होटेल अगाडि स्याँगे झरनामा निर्माण गरिएको ‘स्याँगे वाटरफल जिपलाइन एड्भेन्चर’ पर्यटकको रोजाइमा परेको छ । मर्स्याङदी गाउँपालिका टेकेपछि पावरहाउस, सुरुङमार्ग, ड्यामसाइड, झरना, पार्क, जिपलाइन आदिको मजा लिन सकिने होटेल सञ्चालक गुरुङले बताए ।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक खुदी, भुलभुले, ङादी, बाहुनडाँडा र स्याँगेमा बस्ने गर्छन् । ताघ्रिङ, घेर्मु र स्याँगे हुँदै पर्यटक पदमार्गको अर्को गन्तव्य मनाङ जाने गर्छन् । सदरमुकाम बेंसीसहर भएर वार्षिक ३० हजारको हाराहारीमा आन्तरिक र बाह्य पर्यटक अन्नपूर्ण पदमार्गमा आउने गर्छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : ५४ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से