३० चैत्र २०८२, सोमबार | April 13, 2026

भोकमरीको चेपेटामा परेको इथोपियामा वितरण गरिएको खानेकुरा विद्रोहीद्वारा लुटपाट



न्युयोर्क । इथोपियामा खाद्य वितरणका लागि लगिएको सामाग्री लुटेराहरुले लुटेपछि विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले वितरण कार्य रोक्का गरेको छ ।

सशस्त्र विद्रोही टिग्रयान फौजका कार्यकर्ताले लुटपाट गरेपछि डब्लूएफपीले वितरण कार्यक्रम रोकेको हो । समूहका कार्यकताहरुले कोम्बोल्चा सहरमा बन्दूक तेर्साएर डब्लूएफपीका कर्मचारीलाई नियन्त्रणमा लिएकोसमेत राष्ट्रसंघले जनाएको छ ।

नियन्त्रणमा लिएपछि लुटेराहरुले अत्यावसेकीय खाद्य सामाग्री चोरिदिएका थिए । सशस्त्र टिग्रयान फौज र सरकारी सेनाबीचको द्वन्द्वका कारण उत्तरी इथोपिया लामो समयदेखि भोकमरीको चपेटामा परेको छ । एक वर्ष लामो गृहयुद्धका कारण त्यहाँका ९० लाख मानिस खाद्यन्न अभावबाट बन्चित छन् ।

खाद्यन्न लुटेपछि कर्मचारीलाई दुव्र्यवहार गरेको राष्ट्रसंघले जनाएको छ । ‘कर्मचारीमाथिको दुव्र्यवहार असह्य छ । लुटपाटले अत्यावसेकीय क्षेत्रमा खाद्यन्न वितरण गर्ने राष्ट्रसंघको अभियानलाई नजरअन्दाज गरेको छ ,’ राष्ट्रसंघका प्रवक्ताले भनेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १ : ५१ बजे

ट्रक भाडादर समायोजन गर्न समितिलाई ध्यानाकर्षण

बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको