२४ बैशाख २०८१, सोमबार | May 6, 2024

एमाले महाधिवेशनको गैंडाको मस्कट बेवारिसे, मस्कटलाई पछाडि पारेर चितवन महोत्सव



चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा राखिएको गैंडाको मस्कट बेवारिसे बनेको छ । साढे तीन लाख रुपैयाँ खर्चिएर बनाइएको गैंडाको मस्कट एमालेको महाधिवेशन सकिएपछि बेवारिसे बनेको हो ।

गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको जस्तो देखिने गरी एमालेले महाधिवेशनको लोगो बनाएको थियो । सोहीअनुसार गैंडाको मस्कटको मूर्ति नै बनाएर महाधिवेशन उद्घाटन स्थलमा राखिएको हो ।

मस्कटलाई नदी किनारको उत्तरतर्फ पुछारमा राखिएकाले नदी किनारमा पुग्ने पर्यटकहरू त्यहाँसम्म पुगेकै हुँदैनन् । बर्खामा नारायणीमा आउने बाढीले गैंडाको मस्कट बगाएर लैजाने जोखिम पनि उत्तिकै छ ।

२५ पुसदेखि ४ माघसम्म नारायणी नदी किनारमा हुन लागेको चितवन महोत्सवको मञ्च पनि मस्कटलाई पछाडि पारेर बनाइँदै छ । उद्योग वाणिज्य संघ चितवनले १३औँ संस्करणको चितवन महोत्सव गर्न लागेको हो ।

महोत्सवका लागि छेकबार, मैदान व्यवस्थापन र स्टल निर्माणको काम सुरू भएको छ । एमालेले मञ्च बनाएको स्थानमा बालुवा रहेकाले त्यस ठाउँलाई छाडेर मञ्च बनाउन लागिएको उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए ।

‘मञ्च निर्माण गर्दा पहिलादेखिको हाम्रो प्लानभन्दा बाहिर गयो भने बालुवा मात्र छ । अहिले सुरक्षाका लागि बनाइएको छेकबारभन्दा पछाडि बालुवा भएको ठाउँमा बालउद्यान हुन्छ । बाल उद्यानमा जानका लागि ३० देखि ४० फिटको गेट बनाउछौँ’, उनले भने ।

बाल उद्यानभन्दा पछाडि अर्को छेकबार बनाइनेछ । मञ्च र बालउद्यानको बीचमा गैंडाको मस्कट पर्ने देखिन्छ । नेकपा एमालेले महाधिवेशनमा मञ्च बनाएको स्थानमा महोत्सवको बाल उद्यान बनाइने भएको हो । अहिले बालउद्यान बनाउने स्थानलाई छाडेर छेकबार लगाएर मैदान व्यवस्थापनको काम गरिँदै छ ।

एमालेले महाधिवेशनमा गैंडाको मस्कटलाई मञ्चको पश्चिमतर्फ राखेको थियो । महाधिवेशन सकिएपछि पार्टीको झण्डा निकालेर मस्कटमा नेपालको झण्डा राखिएको छ । मस्कटले पनि नदी किनारमा पुग्ने पर्यटकलाई आकर्षित गर्ने अपेक्षा छ । चितवन महोत्सवमा अवलोकनकर्तालाई आकर्षित गर्ने खालका विभिन्न प्रदर्शनी र खेलहरू खेलाइन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : १४ बजे

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले